Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ‘सेफ’ हरू जुटे, पर्यटन क्षेत्रमा टेवा पुग्ने

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
सुनसरीमा ‘सेफ’ हरू जुटे, पर्यटन क्षेत्रमा टेवा पुग्ने

सुनसरीः ग्लोवल नेपालिज सेफ फेडेरेसन, सुनसरी जिल्ला शाखाको जुममार्फत् भर्चुअल बैठकद्वारा जिल्ला समिति गठन गरिएको छ ।
जिल्ला संयोजक सेफ प्रेम तुम्बापोको अध्यक्षतामा सुनसरी जिल्ला ग्लोवल नेपालिज सेफ फेडेरेसन कमिटी गठन भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष सेफ लक्ष्मणप्रसाद भण्डारी विशेष अतिथी, केन्द्रीय महासचिव सेफ मोहन गजुरेल, सचिव प्रेमलाल घिसिङ, प्रदेश १ संयोजक निराज श्रेष्ठ र राज पौडेल लगायतको उपस्थिति रहेको थियो ।
नवगठित जिल्ला शाखाको अध्यक्ष सेफ तुम्बापो, उपाध्यक्ष सेफ गगन श्रेष्ठ, सचिव सेफ अच्युत पराजुली, सेफ कोषाध्यक्ष राजनिता राई, सदस्यहरू सेफ रविन कार्की, सेफ सन्देश मादेन, सेफ विनोद पराजुली , सेफ वीरेन्द्र लिम्बू रहेका छन् ।
बैठकमा सुनसरी जिल्लामा हावाहुरी र पानिका कारण धेरै सेफहरू सहभागी हुन नसकेका कारण पुनः बस्ने बैठकले अन्य सदस्यहरू थप्ने जनाएको छ । ग्लोवल नेपालिज सेफ फेडेरेसन पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न स्थानमा कार्यरत् सेफहरूको संस्था हो ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend