Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा सुरक्षा अपनाउँदै चारघण्टा व्यवसाय सञ्चालन गर्ने निष्कर्ष

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
विराटनगरमा सुरक्षा अपनाउँदै चारघण्टा व्यवसाय सञ्चालन गर्ने निष्कर्ष

विराटनगरः विराटनगरका व्यवसायीले सुरक्षाका विधि अपनाउँदै भएपनि कम्तीमा चार घण्टा व्यवसाय सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
मोरङ व्यापार संघको आयोजनामा भएको व्यवसायीको भेलाले सबै प्रकारका व्यवसाय दैनिक कम्तीमा चार घण्टा सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको हो । भेलामा नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एसोसिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुन–चाँदी व्यवसायी संघ, मोरङ अटोमोबाइल डिलर्स एसोसिएसन लगायतका वस्तुगत संघका प्रतिनिधि सहभागी थिए ।
भेलामा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले मुलुकमा उत्पन्न भएको आर्थिक संकट न्यूनीकरण गर्न र देशको अर्थतन्त्रसमेत चलायमान राख्न अबका दिनमा स्वास्थ्य–सुरक्षाका नीतिलाई अनिवार्य अवलम्बन गरी महिनौं दिन देखि बन्द रहेका उद्योग, व्यवसाय र बजार संचालन गर्नुपर्ने धारणा राखे ।
उनले लामो समयदेखि ठप्प रहन पुगेका उद्योग, कलकारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायी ठूलो आर्थिक संकटको भुमरीमा परेको धारणा प्रकट गरेका थिए ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend