Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानद्वारा अब इन्टरनेटकै माध्यमबाट उपचार

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
बीपी प्रतिष्ठानद्वारा अब इन्टरनेटकै माध्यमबाट उपचार

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब इन्टरनेटकै माध्यमबाट भएपनि उपचार सेवा शुरु गरेको छ ।
उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले लकडाउनको कारण ओपिडी सेवा रोकिएर उपचारको लागि आउन नपाएका बिरामीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने अवधारणा अनुसार अनलाइन चिकित्सा सेवा सन्चालनमा ल्याएको बताए ।
‘अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआइ नहुने बिरामी बाहेकका लागि यो सेवा निकै प्रभावकारी हुनेछ भन्ने विश्वास छ ।’ उनले भने । अब बिरामीले घरमै बसेर चिकित्सकहरूसँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य सेवा, परामर्श लिन पाउनेछन् । यो सेवा लिनको लागि वीपी प्रतिष्ठानको वेबसाइट http:telemedicine.bpkihs.edu मा गएर बिरामीले व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । त्यहाँ विरामीले आफुलाई सहज हुने किसिमको संचार सेवा (टेलिफोन, स्काईप, भाइबर, हवाट्सयप) छान्न पाउने छन् ।
चिकित्सक र बिरामीबीचमा भिडियोबाट समेत संवाद गर्न सकिने हुँदा फोनमा व्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिने हुनाले प्रभावकारी हुने प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend