Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तरहरामा ग्याङफाइटः लकडाउनले रोकिएका साथीलाई बाटो छेकेर हत्या, प्रहरीद्वारा सार्वजनिक

हाम्रो कोशी आवाज
जेष्ठ २० २०७७, मंगलबार
तरहरामा ग्याङफाइटः लकडाउनले रोकिएका साथीलाई बाटो छेकेर हत्या, प्रहरीद्वारा सार्वजनिक

धरानः इटहरी उप–महानगरपालिका–२० मा एक युवाको हत्यामा संलग्न तीनजना अहिले प्रहरी कार्यालयमा छन् । उनीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गएको आइतबार राति करिब सवा ९ बजे आपसी विवादका क्रममा २८ वर्षीय रादन राईको कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेको आरोपमा २० वर्षीय प्रज्वल तामाङ कानेपोखरी, १९ वर्षीय अभिषेक केसी (गिरी) इटहरी र २३ वर्षीय अमित घिमिरे इटहरी अहिले इलाका प्रहरी कार्यालय इटहरीमा छन् ।
जेष्ठ १८ गते राती करिव सवा ९ बजेको समयमा छिमेकी ‘खिले’ भनिने अमित घिमिरेको घरमा प्रज्वल राई र रादन राईबीच सामान्य विवाद भएको र विवादपछि मृतक राई आफ्नो घरतर्फ फर्कने क्रममा बाटोमा ढुकेर बसेका समूहले बाँसको लाठीले अन्धाधुन्द कुटपिट गर्नुका साथै धारिलो हतियार छुराले कोखा तथा छातीमा प्रहार गरी घाइते बनाएका थिए ।
घाइतेका अन्य साथीहरुले थाहा पाइ घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागि धरानस्थित बीपी प्रतिष्ठान लगेका थिए । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बेलायतबाट तीन महिनाको बिदामा घर आएका राईलाई विवादपछि राति घर फर्कने क्रममा तीनैजनाले आक्रमण गरेका थिए । राईका अन्य साथीले हो–हल्ला गरेपछि तीनैजना फरार भएका थिए ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले मृतक परिवारसहित बेलायतमा बस्दै आएका र लकडाउनका कारण रोकिएको बताए । ३ महिनाअघि यहाँ आएका उनको लकडाउनले नै भिषा, हवाई टिकट रद्द भएको थियो । उनी तरहरा स्थीत घरमै बसिरहेका थिए । २० वर्षीय प्रज्वल कक्षा–१२ मा अध्ययनरत विद्यार्थी हुन् । १९ वर्षीय अभिषेक गिरी कक्षा–११ मा अध्ययनरत थिए भने २३ वर्षीय अभिषेक पौडेल कक्षा–१२ मा अध्ययनरत् रहेका थिए ।

प्रकाशित मिति: जेष्ठ २० २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend