Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विकासका काममा तीब्रता

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७७, बुधबार
धरानमा विकासका काममा तीब्रता

धरानः धरानमा कोरोना कहर कायमै छ । बन्दाबन्दीकै बीचमा पनि विकास निर्माणले भने तीब्रता पाएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिन नदिन शुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।
पानमारा जोडिँदै
धरान–५ र ६ को सीमाबाट पानमारासम्म जोड्ने सडकको कामले पनि तीब्रता पाएको गाँउपालिका सूचना प्रविधि अधिकृत सुभाष सुवेदीले जानकारी दिएका छन् । धरानसम्म जोड्ने सो सडकको हाल २ दशमलव १ किलोमिटरसम्म कालोपत्रे प्राइम गर्ने कार्य भइरहेको उनले बताए ।
सेउती खोलामा पुल
धरान–१५ र ५ जोडने सेउती खोलाको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बाँझगराको खोरिया बस्तीबाट देउराली जोड्ने सो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । स्थानीयबासी तथा स्थानीय सरकारसँगको समन्वयबाट पुल निर्माणको काम अन्तिम चरणमा रहेको ठेकेदार दीपेन्द्र कार्कीले बताउँछन् । उनका अनुसार अबको दुई महिनाभित्र सवारी साधन सरर दर्गुन पाउनेछन् ।

सडक निर्माण
धरान–१५ स्थित बाँझगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास भइसकेको छ । करिब ३१ लाख लागतमा निर्माण हुने सो सडक धरानका युवा नेता मुक्सामहाङ मेन्याङ्बोको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने सर्शत अनुदानबाट २५ लाख विनियोजन भएको थियोे ।
कतै कालोपत्रे सडक
धरान–१५ र ४ सीमानामा पर्ने काठेपुलदेखि, खैरेनीटार–वसन्तटार हुँदै ज्वाने, दानाबारी, हर्दिया स्कुलसम्म जाने सडक । सो सडकको नयाँ ट्रयाक खोल्ने, ड्रेन निर्माण, ग्राभेलदेखि कालोपत्रेसम्मको काम तीबरूपमा भइरहेको छ ।
धरान–वसन्तटार कालोपत्रे सडक तथा ड्रेन निर्माण उपभोक्ता समिति, धरान–४ को योजनामा सो सडक बनिरहेको हो । ‘ग्राभेल, कालोपत्रे, नयाँ टयाक खोल्ने, ड्रेन निर्माणलगायतका काम तीब्र गतिमा भइरहेको छ’, सडक निर्माण उपभोक्ता समिति राजन चाम्लिङले भने । उनले प्रदेश १ सरकारले दिएको सरकारले ६० लाख रूपैयाँ बढीको लागतमा सडक कालोपत्रेलगायतको काम दु्रततर गतिमा भइरहेको बताए । प्रदेशका अर्थमन्त्री इन्द्र आङ्बो र धरानकै सभामुख बनेका सभामुख प्रदीपकुमार भण्डारीको सक्रियतामा रकम विनियोजन भएपछि काम अगाडि बढेको हो ।
नेकपाको योजनै योजना
नेकपा धरानले प्रदेश सरकारसमक्ष १०५ वटा योजना पेश गरेको छ । २ अर्ब ३ करोड २५ लाख बराबरको बजेट माग गर्दै योजना पेशेको हो । मन्त्रीहरू (आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, उद्योग पर्यटन वन तथा वातनवरण मन्त्री जगदीश कुसियत, भौतिक पूवार्धार विकास राज्यमन्त्री अमिरबाबु गुरुङ) लगायतलाई भेटी ज्ञापनपत्र बुझाइसकिएको युवा नेता चोत्लुङले जानकारी दिए ।
कुन क्षेत्रका लागि कस्तो योजना पेश ?
पर्यटन
बहुवर्षीय योजनामा समावेश गरिनुपर्ने
१. धरानलाई पर्यटकीयपालिका निर्माण वहुवर्षीय (क्रमागत) रु. २ करोड ५० लाख
२. दानाबारी हर्दिया भ्यु प्याइन्ट टावर, धरान ४ (क्रमागत) रु १ करोड
३. मनमोहन पार्क धरान ४ (क्रमागत) रु. १ करोड ५० लाख–
नीतिगत
१. पर्यटन निर्देशनालय स्थापना
२. विष्णुपादुका पर्यटन पूर्वाधार गुरुयोजना– रु ५० लाख
३. धरान–भेडेटार, बराहक्षेत्र केवलकार धरान २०– रु १ करोड
४. भेडेटार हिल स्टेसन पर्यटन पूर्वाधार विकास – रु १ करोड
५. धरान विमानस्थल धरान १७ (डिपीआर अनुसार जग्गा व्यवस्थापन) रु ५ करोड
वार्षिक क्रमागत
१. चिण्डे डाँडा भ्यु टावर तथा पार्क धरान २० (क्रमागत) रु. १ करोड
मुख्य प्राथमिकताका प्रस्तावित योजना
१. स्व. तारा सुब्बा स्मृतिपार्क धरान–१९– रु. ३० लाख
२. छिन्ताङ सुखानी स्मृतिगेट पुन निर्माण धरान ८– रु ३० लाख
३. धरान गोर्खापार्क धरान २०– रु ५० लाख
४. लाङ्घाली वनमा धरान स्मारक निर्माण, धरान ८, –रु ३० लाख
५.सिंहदेवी चोकदेखि बालगोपाल मन्दिरसम्म विजयपुर पर्यटकीय सडक निर्माण धरान १४– रु ५० लाख
६. शिवधारा, सारङगा, भेडेटार, सेरगे, हर्दिया, दानवारी, खाकरडाडा, झोलुंगेपुल पदमार्ग धरान–४ –रु ५० लाख
७. जोरसखुवा, कार्की छाप, चिण्डेडाँडा सुलीकोट रनफने, बाघखोर, खैरे, विष्णुपादुका, माछामारा, सर्दू दोभान पदमार्ग धरान २०– रु.५० लाख
८. चिडिया घर निर्माण, धरान १९ हरीयाली सामुदायिक वन– रु ५० लाख
९. तल्लो देउराली शहिद स्मारक तथा हेल्थपार्क धरान ५– रु १ करोड
१०. वारातप्पा चिडिया घर कुन्ज, याङ्शिला मोरङ– रु.५० लाख
११. धरान १५ वाझगरा सामुदायिक वन क्षेत्रमा चिनारी पार्क निर्माण – रु ५० लाख
१२. अनुसन्धान केन्द्र तथा रोपण कार्यक्रम धरान–१७ उदय वन रु. ५० लाख
वन तथा वातावरण
१. सर्दुजलाधार क्षेत्र संरक्षण समिति गठन तथा सीमांकन धरान २०,४,१३– रु १ करोड
२. सेउती , सेरा, कोकाहा जलधार क्षेत्र संरक्षण,धरान २०,४,१४,६ – रु २ करोड
भौतिक पूर्वाधार विकास मन्त्रालय
यातायात पूर्वाधार
१.धरान बसपार्क धरान–८ (डीपीआर अनुसार बजेट) साझेदारी (स्थानीय, प्रदेश र संघ) रु २० करोड
क्रमागत बहुवर्षीय समावेश गर्नुपर्ने
१. सेउती कोरीडोर धरान १५,५,१४,४ (डीपीआर अनुसार ) रु १० करोड
२. शिवधारा शिवजट्टा सडक बेम्बोरोड धरान ४– रु २ करोड
३. बगरकोट पुलदेखि तल्लो देउरालीसम्म सडक पिच धरान ५– रु ४ करोड
४. धरान मंगबारे विष्णुपादुका आहाले त्रिवेणी कृषि सडक धरान २०, साँगुरीगढी आहाले (धनकुटा, भोजपुर जोड्ने कृषि सडक) रु २० करोड
५.धरान–विष्णुपादुका सडक क्रमागत चालु रु ५ करोड
६. धरान–मूलघाट सुरुङ–मार्ग निर्माण, धरान, साँगुरीगढी– रु ५ करोड
७. धरान–१७ रेल्वे देखि ११ को मकालु र सगरमाथा वस्ती हुँदै सर्दु पूल जोड्ने बाटो । रु ५ करोड
अन्य थप आयोजनाहरु
१. हुलाकी मार्ग धरान ११,१७ – रु २ करोड
२. शिवधारा, खाकरडाडा, पाँचकन्या, निसाने, मनुवाटार सडक धरान ४ – रु २ करोड
३. देवीगाउँ, निसाने, मनुवाटार, सतिघाट याङ्शिला सडक धरान ४, याङ्शिला– रु.२ करोड
४. धरान खैरेनी, ठिंगाबारी, मनुवाटार, सुमनटार, हर्दीया सडक धरान ४, रु २ करोड
५. मंगलबारे, विष्णुपादुका, भालुढुंगा, सुर्यकुण्ड, चतरा सडक धरान ११,२० –रु. ३ करोड
६. फुस्रे, तामाखाम, चिण्डेडाडा, सुलिकोट सडक धरान २०– रु १ करोड
७. भोर्लेनी, छोटीमोरङ सडक धरान ४– रु १ करोड
८. सप्तरंगी मार्ग साकेला पार्क जाने बोटो धरान १७ – रु २ करोड
८. धरान–बक्लौरी सडक धरान–१९ , बक्लौरी– रु १ करोड
९. धरान–भरौल सडक पिच धरान–१७ , भरौल, –रु २ करोड
१०. धरान–१७ फोक्ल्याण्डटापुदेखि कालाबन्जार जाने सडक – रु १ करोड
११. मुनामदन मार्ग धरान–१९ सडक पिच– रु ८० लाख
१२. कृष्णपथ मार्ग, धरान–१५ – रु ८० लाख
१३. धरान–विष्णुपादुका बराहक्षेत्र सडक (कोकाहा कोरीडोर) धरान २० बराहक्षेत्र– रु २ करोड
पुल
१. धरान १५ र ५ जोड्ने सेउती खोला पुल श्यामचोक पुर्व– रु.४ करोड
२. कोकाकोहा खोला पुल धरान २०– रु.३ करोड
३. सेराखोला पुल धरान ५, यांसिला मोरगं – रु.३ करोड
४. शिवधारा, खाकरडाडा सेउती खोलामा पुल धरान १४ र ४ – रु. ४ करोड
५. शिवजटा सेउती खोलामा पुल धरान ४ –रु २ करोड
६. सेरा सतीघाट पुल धरान ४, यांशिला मोरगं– रु. २ करोड
७. सनिबोटे, खोला पुल– रु ८० लाख
८. सर्दुपुल धरान ११,१६ रु ४ करोड
नदी नियन्त्रण
१. अधेरी खोला तटबन्धन , धरान ५– रु १ करोड
२. सेरा, पखेरा खोला तटबन्धन, धरान ६,५– रु. १ करोड
३. सनिवोटे,निसाने,बोक्सी खोला,कोकोहा ,कालिखोला ,पट्नाली नदी नियन्त्रण, धरान ५,४,१७,२०– रु. २ करोड
४. सर्दुखोला माथील्लो क्षेत्र खोला तथा पहिरो नियन्त्रण नियन्त्रण, धरान १३,२०,४ –रु १ करोड
५. ठकुरी खोला नियन्त्रण – रु ५० लाख
६. पहिरो नियन्त्रण , निसानेडाडा, कालिमाटी, श्रीगाउ लगायत, धरान ४, देवीमार्ग पारी , खर्दु , पकुवा, कोकाहा धरान २० –रु १ करोड
७. निसाने डाडा मनुवाटार झोलुंगे पुल धरान ४ – रु २ करोड
८. देउराली खानेपानी टंकी निर्माण धरान ५– रु ३ करोड
९.पत्रंगबारी खानेपानी टेंकी निर्माण धरान ३ – रु २ करोड
–माननीय मुख्य मन्त्रि ज्यू
प्रदेश सरकार प्रदेश नं १
विषय ः आर्थिक वर्ष २०७७ र७८ का लागि योजना समावेश गरि दिनु हुन ।
महोदय,
प्रदेश नं.१ को ऐतिहासिक, सास्कृतिक, तथा पर्यटकीय सुनदर नगरी धरानको विकासले सिंगो प्रदेशको दीर्घकालीन विकासमा महतवपूर्ण योगदान पुग्ने विषय माननीय मुखय मन्त्रि ज्यूलाई अवगत नै छ । यसै सन्दर्भमा धरान क्षेत्रको दीर्घकालीन विकासका लागि विषयगत रुपमा वहुवर्षिय, क्रमागत तथा उच्च प्राथकिताका योजनाहरलाई सोही अनुसार वर्गीकरण गरी पेश गरेका छौं । आर्थिक वर्ष २०७७र०७८ को प्रदेश सरकारको वार्षिक कार्यक्रममा मन्त्रालयगत समावेश गरी दिनु हुन विनम्रताका साथ अनुरोध गर्दछौं ।
सुदर्शन श्रेष्ठ (सचिव)
नारायण प्रसाद सुवेदी अध्यक्ष

प्रकाशित मिति: जेष्ठ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend