Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नोवेलले सुनसरीका पत्रकारलाई ५० प्रतिशत छुटमा उपचार गर्ने

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७७, बुधबार
नोवेलले सुनसरीका पत्रकारलाई ५० प्रतिशत छुटमा उपचार गर्ने

सुनसरीः सुनसरी जिल्लाका पत्रकारहरुको नोवेल अस्पताल विराटनगरले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको छ ।
नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोवेल अस्पतालले ५० प्रतिशत छुटमा उपचार गर्ने भएको हो । प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत् पत्रकारहरूले पनि छुटमा उपचार गर्न पाउनेछन् ।
‘जुनसुकै रोगको उपचार गराउनका लागि पनि ५० प्रतिशत छुट गर्ने सम्झौता भएको छ,’ अधिकारीले भने, ‘उपचार गराउन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।’
एक कार्यक्रमका बीचमा नोवेल अस्पतालका प्रवन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दीपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरेका छन् ।
सम्झौतापछि नोवेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिकरूपमा सहयोग गरौं भनेर सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए । बुधबारबाट लागू हुने गरी एक वर्षका लागि सो सम्झौता भएको र एक वर्षपछि पुनः ‘रिन्यु’ हुने बताइएको छ । प्रेस युनियनले शुरुमा पत्रकारहरुको नाम लिष्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउनेछ ।

प्रकाशित मिति: जेष्ठ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend