Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सभाखोलाले बगाएर ८ वर्षीया बालिका कोरिना राईको मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७७, बुधबार
सभाखोलाले बगाएर ८ वर्षीया बालिका कोरिना राईको मृत्यु

संखुवासभाः संखुवासभाको खाँदवारी नगरपालिका–८ बस्ने दीपक राईको ८ वर्षीया छोरी कोरिना राईको सभाखोलाले बगाएर मृत्यु भएको छ ।
दिउँसो सवा १२ बजेको समयमा दुवै बुबा–छोरी दोभानटारतर्फ जाँदै गर्दा बाटोमा पर्ने सभाखोला तर्ने क्रममा अचानक दुवैजना खोलामा लडेर दुवै जनालाई बगाउँदा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
बुबा दीपक राई भने पौडिएर निस्कन सफल भएको तथा बालिकालाई बगाएको स्थान भन्दा करिब साढे एक किलोमिटर तल मृत अवस्थामा फेला पारिएको साथै घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend