Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

असार ७ गतेसम्म कर तिर्न अर्को सूचना

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०७७, बुधबार
असार ७ गतेसम्म कर तिर्न अर्को सूचना

काठमाडौंः सरकारले कर तिर्ने समय थप दुई सातालाई बढाएर असार ७ गतेसम्म पुर्‍याएको छ। जेठ २५ भित्र कर तिरिसक्नुपर्ने निर्णयको चौतर्फी विरोध भएपछि सरकारले समय बढाएको हो ।
आन्तरिक राजश्व विभागले मंगलबार सूचना जारी गर्दै जेठ २५ गतेभित्र कर भुक्तानी गरिसक्न भनेको थियो। लकडाउनको अवधिमा व्यापार ठप्प भएका बेला कर तिर्न उर्दी जारी गरेपछि अर्थमन्त्री, मन्त्रालयका अधिकारी तथा सरकारको आलोचना सुरु भएको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवज्ञा गर्नुको विकल्प नभएको टिप्पणी गर्‍यो। चौतर्फी विरोधपछि अर्थसचिव शिशिरकुमार ढुङ्गानाले ब्यवसायीसँग बुधबार भेटि लचकता अपनाउने बताएका थिए।
लगत्तै विभागले आज अर्को सूचना जारी गर्दै कर तिर्ने समय बढाएको हो। सरकारले जेठ ३२ गतेसम्म लकडाउन गर्ने घोषणा गरेको छ। विभागले असार ७ गतेसम्म कर तिर्न अर्को सूचना जारी गरेको छ।

प्रकाशित मिति: जेष्ठ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend