धरानः प्रदेश १ मा पनि संक्रमित बढ्दै गएका छन् । फेरि १३ जना नयाँ संक्रमितको थपिएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोरोना सूचना डेस्कले बुधबार एकैदिन विभिन्न स्थानमा १३ जना संक्रमित थप भएको जनाएको छ । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिकाको क्वारेन्टाइनमा रहेका ७ जना, रंगेली नगरपालिकामा २ जना, तेह्रथुम आठराईमा २ जना, धनकुटा सहिदभूमि गाँउपालिकामा १, झापाको कमल गाँउपालिकामा एक जना गरी कुल १३ जना संक्रमित पुष्टि भएको छ । जसमा १२ जना पुरुष र तेह्रथुम आठराईमा १ महिला रहेको बताइएको छ ।
यससँगै प्रदेश १ मा हालसम्म १ सय ८५ जना संक्रमितको पुष्टि भएको छ । यसमध्ये विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ४८ जना संक्रमित उपचारपछि डिस्चार्ज भइसकेको डेस्कले जनाएको छ । हालसम्म प्रदेश १ को १४ जिल्ला मध्ये १० जिल्लामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।