विराटनगरः प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।
विराटनगरको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू बिहीबार डिस्चार्ज भएको अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका चार, झापाका सात, मोरङका छ, सुनसरीका चार, सप्तरीका दुई धनकुटाका चार र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् ।
यसअघि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ८५ छ ।