Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाई काटेको आरोपमा एकजना पक्राउ

हाम्रो कोशी आवाज
जेष्ठ २२ २०७७, बिहिबार
गाई काटेको आरोपमा एकजना पक्राउ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१७ का २८ वर्षीय सोहिल मियाँलाई गाई काटेको आरोपमा पक्राउ गरिएको छ ।
बिहीबार बिहान ७ बजेको समयमा स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासुसहित मियाँलाई पक्राउ गरेको हो ।
घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भइरहेको तथा पक्राउ परेका मियाँको सम्बम्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: जेष्ठ २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend