Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोरङमा नहरमा डुबेर र ताप्लेजुङका भीरबाट लडेर मृत्यु

हाम्रो कोशी आवाज
जेष्ठ २३ २०७७, शुक्रबार
मोरङमा नहरमा डुबेर र ताप्लेजुङका भीरबाट लडेर मृत्यु

धरानः मोरङ ग्रामथान–५ सिमरियाका ६० वर्षीय फौदी चौधरीको नहरमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको नहरको छेउमा गाई चराउने क्रममा एक्कासी लड्दा नहरमा डुबेर चौधरीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय हरैचाका अनुसार थप अनुसन्धान भइरहेको छ ।
उता ताप्लेजुङ सिरिजंघा–४ फुन्द्रुवा बस्ने ३६ बर्षीया खड्गीमाया भट्टराईको भिरबाट लडेर मृत्यु भएको छ ।
घरबाट करिब दुई किलोमिटर निगुरे खेतमुनिको भिरतिर घाँस काट्न भनी गएकी खड्गीमाया घर फर्की नआएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई निगुरे खेतमुनिको भिरमा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति: जेष्ठ २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend