विराटनगरः सुनसरी बर्जु १४ का ४० वर्षीय मनोजकुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।
शुक्रबार राति मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को२च २८८२ नम्बरको एम्बुलेन्सले साइकल यात्री माझीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोमा विराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजवंशी नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
उता ताप्लेजुङमा गोरू काटेको आरोपमा २ जना पक्राउ परेका छन् ।
ताप्लेजुङ फुङलिङ–९ स्थितमा गोरु काट्ने दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानका ३८ वर्षीय अर्जुन गुरुङ र ४५ वर्षीय खेमराज गुरुङ रहेका छन् । उनिहरुलाई गोरु काटिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।