Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १५० विपन्न परिवारलाई निःशुल्क चुल्हो

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७७, आइतबार
धरानमा १५० विपन्न परिवारलाई निःशुल्क चुल्हो

धरानः धरानमा १ सय ५० विपन्न परिवारलाई धुँवारहित चुल्हो वितरण गरिएको छ ।
धरान–संखुवासभा सरोकार समाजले १ सय ५० विपन्न परिवारलाई निःशुल्क चुल्हो वितरण गरेको हो । समाजका अध्यक्ष मिङ्मा भोटेले हालसम्म चारवटा वडामा गरी १५० थान चुल्हो वितरण गरिएको जानकारी दिए । ग्याँस सिलिन्डरसहितको चुल्हो घरमा नभएका परिवार, दाउरा प्रयोग गर्ने, दलित, विपन्न परिवारलाई पहिलो प्राथमिकतामा राखेर वितरण गरिएको उनले जानकारी दिए । धुँवा कम हुने र दाउरा समेत कम लाग्ने भएकाले गाउँघरमा चुलोे उपयोगी रहेको उनको भनाइ छ ।
धरान–संखुवासभा सरोकार समाजको अगुवाइ र धरान उपमहानगरपालिकाको सहयोगमा वडा नं. ४, ५, ६ र २० नं. वडामा गरी १५० चुल्हो वितरण गरिएको हो । शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी धरान–२० विष्णुपादुकाका विपन्न ४० परिवारलाई सुधारिएको धुँवारहित चुलो वितरण गरिएको अध्यक्ष भोटेले जानकारी दिए । प्रदेश नं. १ समिति सदस्य पदमकुमारी गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा धरानका नगर इन्चार्ज तथा युवा नेता चोत्लुङ सुब्बा, वडा नं. २० का मणिराम राईलगायतको उपस्थिति थियो ।
‘एक ठाउँबाट अर्को ठाउँमा लैजानको लागि समेत चुलो उपयोगी छ’ अध्यक्ष भोटेले भने, ‘गाउँले धुँवामुक्त हुने भो भनेर खुसी छन् ।’ यस्तो चुलोबाट पकाइएको खाना स्वादिष्ट हुनुका साथै उर्जा सन्चिति समेत भई वन विनाशबाट जोगिने गर्दछ ।

प्रकाशित मिति: जेष्ठ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend