Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कछुवाको गतिमा विकास

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७७, आइतबार
कछुवाको गतिमा विकास

ताप्लेजुङः ताप्लेजुङमा एक नगरपालिकासहित ९ स्थानीय तह छन् । आर्थिक वर्ष सकिन झनै एक महिना मात्र बाकीँ छ तर भौतिक योजनाका काम भने ४८.५६ प्रतिशत सम्पन्न हुँदैछ ।
गत जेष्ठ १५ मा संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले ७७०–७८ आर्थीक वर्षको बजेट विनियोजन गरिसकेका छन् । संघीय सरकारको बजेट सार्वजनिक भएसँगै सोही आधारमा प्रदेश र स्थानीय तहहरू बजेट निर्माणमा जुटेका छन् । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार प्रदेशले १ असार र स्थानीय तहले १० असारमा आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट ल्याउनुपर्छ ।
स्थानीय सरकारले कोभिड १९ को असर न्यूनीकरण र सामाजिक विकासलाई उच्च प्राथमिकता दिनुपर्ने र पूर्वाधार विकास, संस्थागत विकास तथा सुशासनका कार्यक्रमलाई भने दोस्रो प्राथमिकता दिएर बजेट निर्धारण गर्न संघीय सरकारले स्थानीय तहलाई मार्गनिर्देश गरेको छ ।
त्यस्तै, प्रदेश १ सरकारले कृषि तथा पर्यटनलाई प्राथमिकता दिएर गत जेष्ठ २३ गते आफ्नो प्रदेशको लागि ७७–७८ नीति तथा कार्ययोजना प्रस्तुत गरिसकेको छ । उता स्थानीय तहहरुले असार १० गतेसम्म नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने हुन्छ । त्यसैले अहिले स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । तर यस आर्थिक वर्षको विकास निर्माण योजनाको प्रगति भने कछुवाको गतिमा छ, ताप्लेजुङ स्थानीय तहहरूको विकास निर्माण योजानाको काम ४८.५६ प्रतिश मात्र सम्पन्न हुँदैछ । यस्तै, ताप्लेजुङ जिल्लामा एक नगरपालिका सहित ८ स्थानीय तहको छन् ।
फुङलिङ नगरपालिकाले ८० प्रतिशत योजना सम्पन्न गरेको नगरपालिकाले दावी गरेको छ । यस वर्षको विकास निमार्णतफको कुल बजेट १७ करोड ७३ लाख ४७ हजार तीन सय चौतीस रुपैयाँ बजेटमा अहिले ८ करोड १२ लाख ७ हजार चार सय उन्नसतरी रुपैयाँ निकास भइसकेको छ ।
यस आर्थिक वर्षमा साना ठूला गरी १८६ वटा विकास निमार्ण याजनाहरु छनौट भएकामध्ये १४९ वटा योजान सम्पन्न भएको भने २० वटा सम्पन्न हुन बाँकी छ । १० वटा भने योजना सम्झौता बाँकी रहेको छ ।

त्यस्तै, मिक्वाखोला गाउँपालिकाले पनि ८० प्रतिशत विकास निर्माण योजना सम्पन्न भएको दाबी गरेको छ । गाउँपालिकाले दिएको विवरणअनुसार यस आर्थिक वर्षमा विकास निर्माणतर्फ कुल बजेट ८ करोड ६० लाख ६ हजार रूपैयाँ विनियोजन भएको थियो । यस आर्थिक वर्षमा १९० वटा विकास निर्माण योजनाहरू छनौट भएकामध्ये १५२ वटा सम्पन्न भएको छ सम्पन्न हुन २० वटा योजना रहेको छ । यस पालिकामा सबै योजनाहरु सम्झौता भइसकेको प्रशासकीय अधिकृत योगेन्द्रराज गरुङले जानकारी दिए । लकडाउनको कारणले भुक्तानी गर्न समस्या भएकोले मिक्वाखोला गाउँपालिका प्रमु प्रसाशकीय अधिकृत गुरुङले बताए ।
मैवाखोला गाउँपालिका भने ३३.५५ प्रतिशत कार्य सम्पन्न भएको छ । सम्पन्न हुन बाँकी ६६.४५ प्रतिश रहेको प्रमुख प्रशासकीय अधिकृत देवी तुम्पाबोले जानकारी दिए । यस गाउँपालिकामा विकास निर्माणतर्फ १० करोड ६६ लाख ६२ हजार बजेट विनियोजन भएको मध्ये १ करोड २३ लाख ४६ हजार ५ सय ९३ रुपैयाँ झुक्तानी भइसकेको छ । यस अर्थिक वर्षमा १९८ वटा विकास निर्माण योजनाहरू छनोटमा परेको मध्ये १०० वटा सम्पन्न भएको छ र ९८ वटा सम्पन्न हुन बाँकी रहेको छ । १० वटा योजना भने सम्झौता हुन बाँकी रहेको तुम्पाबोले जानकारी दिए ।
पाथिभारायाङवरक गाउँपालिकामा ५७.२२ प्रतिशत विकास निर्माण कार्य सम्पन्न भएको छ भने ४२.७७ प्रतिशत सम्पन्न हुन बाँकी रहेको पाथिभरा याङवरक गाउँपालिका कार्यालयका सूचना अधिकारी गोविन्द रिजालले जानकारी दिए । यस आर्थिक वर्ष विकास–निर्माणतर्फ ११ करोड ३२ लाख ९८ हजार बजेट विनियोजन भएको अहिलेसम्म ४ करोड ९ लाख २२ हजार ४ सय झुक्तानी गरिसकेको छ । यस अर्थिक वर्षमा साना ठूला गरी १६६ वटा निर्माणका योजनाहरु छनौट भएको मध्ये ९५ वटा सम्पन्न भएको छ । ३० वटा निर्माण योजना सम्झौता हुन बाँकी रहेको सूचना अधिकारी रिजालले जानकारी दिए ।
मेरिङदेन गाउँपालिकामा ४० प्रतिशत विकास निर्माणका कार्य सम्पन्न भएको छ भने ६० प्रतिशत सम्पन्न हुन बाँकी रहेको मेरिङदेन गाउँपालिका कार्यालयका सूचना अधिकारी लक्ष्मी चुहानले जानकारी दिए । यस आर्थिक वर्षमा मेरिङदेन गाउँपालिकामा जम्मा २०९ वटा योजना छनौट गरिएको मध्ये ८५ वटा विकास योजना कार्य सम्पन्न भएको छ भने ३० वटा योजना सम्झौंता हुन बाँकी रहेको छ ।
विकास निर्माणतर्फ रु ११ करोड ४९ लाख ६ सय ५ रुपैयाँ बजेट विनियोजन गरिएको थियो अहिले २ करोड ४९ लाख ६ सय ७० रुपैयाँ भुक्तानी भइसकेको सूचना अधिकारी चुहानले जानकारी दिए । सिदिङवा गाउँपालिकाले अहिलेसम्म १६.२१ कार्य योजना सम्पन्न भएको छ भने ८३.७९ प्रतिशत कार्ययोजना सम्पन्न हुन बाँकी रहेको सिदिङवा गाउँपालिकाका सूचना अधिकारी सुनिता भट्टराईले जानकारी दिइन् । १८५ वटा विकास योजना छनौट गरिएको थियो भने अहिले ३० वटा योजना सम्पन्न भएको छ । १०० वटा योजना सम्झौता हुन बाँकी रहेको भट्टराईले जानकारी दिइन् ।
यस आर्थिक वर्षमा रु १२ करोड २९ लाख ६५ हजार ३ सय विनियोजन भएको थियो भने अहिलेसम्म ३ करोड ६७ लाख ९० हजार ८ सय ५.८६ रुपैयाँ भुक्तानी भइसकेको छ ।
फक्ताङलुङ गाउँपालिकाले भौतिक विकास निर्माण योजना सबै सम्झौता भइसको छ कुल योजनाको ४० प्रतिशत कार्य योजना सम्पन्न भएको छ भने ६० प्रतिशत सम्पन्न हुन बाकीँ रहेको फक्ताङलुङ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले जानकारी दिए ।
सिरिजङघा गाउँपालिकामा भौतिक विकास निर्माण योजना सबै सम्झौता भइसकेको छ कुल योजनाको ८० प्रतिशत कार्ययोजनाा सम्पन्न भएको छ भने २० प्रतिशत सम्पन्न हुन बाँकी रहेको सिरिजङघा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए ।
आठराई त्रिवणी गाउँपालिका निर्माण योजनातर्फ ४० प्रतिशत काम सम्पन्न भएको छ । ६० प्रतिशत निमार्ण कार्य सम्पन्न हुन बाँकी रहेको आठराई त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमल दाहालले जानकारी दिए । यस आर्थिक वर्षमा १८० वटा निर्माण योजना छनौट गरिएको थियो भने ७२ वटा निर्माण योजना सम्पन्न भइसकेको छ । विकास निर्माणतर्फ १० करोड ६५ लाख रकम विनियोजन गरिएको थियो भने हल ३ करोड ५० लाख भुक्तानी भइसकेको आठराई त्रिवेणी गाउँपालिकाले जानाएको छ ।
फोटोः दिलकुमार 

प्रकाशित मिति: जेष्ठ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend