Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजार खुलेदेखि नै सुन छोइनसक्नु

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७७, आइतबार
बजार खुलेदेखि नै सुन छोइनसक्नु

धरानः सुनको मूल्य प्रतितोला दश हजार ४ सय रुपैयाँले बढेको छ । लकडाउनपछि आज पहिलोपटक सुनचाँदी बजार खुलेको छ । खुल्नेबित्तिकै प्रतितोला १० हजार ४ सय रुपैयाँले मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चैत १० गते छापावाला सुनको मूल्य ७७ हजार प्रतितोला रहेको थियो । आज अर्थात जेठ २५ गते सुुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चैत १० गते प्रतितोला ७ सय २० रुपैयाँ चाँदीको मूल्य ९ सय २५ रुपैयाँ पुगेको हो ।
सुनको भन्सार दर ६ हजार ५ सय रुपैयाँ रहेकोमा बजेटले यसलाई ८ हजार ५ सय रुपैयाँ पु¥याइएको थियो ।
विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन गर्ने निर्णय गरेको अघिल्लो दिन १० गतेदेखि नै सुनचाँदी कारोबार बन्द भएको थियो ।
सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै आइतबारदेखि सुनचाँदीको भाउ प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरे अनुसार नै केही घण्टा आंशिक रुपमा व्यवसाय सञ्चालन हुने महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति: जेष्ठ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमै थन्कियो ११ करोड बढी मूल्यको काठ

    -अर्जुन आचार्य धरानः कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही...

    • २ दिन अगाडी
    • १० मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend