Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यातायात कार्यालय इटहरीमा ४० करोड बढी भ्रष्टाचार

हाम्रो कोशी आवाज
जेष्ठ २५ २०७७, आइतबार
यातायात कार्यालय इटहरीमा ४० करोड बढी भ्रष्टाचार

काठमाडौंः यातायात व्यवस्था कार्यालय कोशी (इटहरी) मा ४० करोड रूपैयाँ बढी भ्रष्टाचार भएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
अख्तियारले १७ जनाविरुद्ध ४० करोड ७३ लाख ५० हजार ४ सय ३० रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गराएको छ । यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालीन कार्यालय प्रमुख नयराज नेपालसहित १७ जनाविरुद्ध राजस्व रकम हिनामिना अभियोगमा अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा चलाएको हो । १७ जनाविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ वमोजिम कैद सजाय र जरिवाना एवम् बिगो असुल गर्न मागदाबी लिई आरोपपत्र दायर गरेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । तत्कालीन कार्यालय प्रमुखहरु नयराज नेपाल, तीर्थराज लम्साल, गोपाल थपलिया र भुपेन्द्र राईसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो । मुद्दा चलाइएकामध्ये अधिकांशसँग करोडभन्दा धेरै बिगो माग गरिएको छ ।
कसलाई कति बिगो ?
आर्थिक वर्ष २०७३–०७४ को २०७३ चैतदेखि २०७४ असारसम्मको संकलित राजस्व दाखिला नगरेको अभियोग अख्तियारको छ । अख्तियारले नेपालविरुद्ध एक करोड आठ लाख २९ हजार ६९ रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, तत्कालीन कार्यालय प्रमुख तीर्थराज लम्सालविरुद्ध तीन करोड ३० लाख ७९ हजार ३७३ रुपैयाँ बिगो कायम गरेको छ । तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध अख्तियारले एक करोड ३० लाख ७२ हजार १५३ रुपैयाँ बगो कायम गरेको छ । अर्का तत्कालीन कार्यालय प्रमुख भूपेन्द्र राईसँग ५६ लाख १२ हजार ५४७ रुपैयाँ बिगो अख्तियारले कायम गरेको छ ।
अभियोगपत्र अनुसार तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीसँग एक करोड २५ लाख ४८ हजार ६ रुपैयाँ बिगो माग गरिएको छ । तत्कालीन लेखापाल सुरेश अधिकारीलाई तीन करोड ७२ लाख ४४ हजार ७५५, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालसँग तीन करोड ४८ लाख ९३ हजार २१६, तत्कालीन लेखापाल अर्जुन भट्टराईसँग दुई करोड १७ लाख ३२ हजार ४७३ रुपैयाँ र तत्कालीन लेखापाल कृष्णप्रसाद कट्टेलसँग ७३ लाख ६२ हजार ५४५ रुपैयाँ बिगो कायम गरिएको छ ।
यस्तै, कम्प्युटर अपरेटर सुजन राई २२ लाख ४४ हजार ३३६, कम्प्युटर अपरेटरहरु राकेश रोशन मगर, रमेश पौडेल, भूमिराज अधिकारी र हरिमदन ढुंगेलसँग जनही पाँच करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ बिगो माग गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend