Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनसँगै रोकियो रक्तदान

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७७, मंगलबार
लकडाउनसँगै रोकियो रक्तदान

धरानः विश्ववभर फैलिरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न भन्दै सरकारले लागू गरेको लकडाउनको असर ब्लड बैंकहरुमा पनि देखिएको छ ।
लकडाउनका कारण अहिले रगतको अभाव भएको छ । जसले गर्दा नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामी र सुत्केरी समस्यामा परेका छन् । चिकित्सकले उपचारका लागि आवश्यक रगत जुटाउन बिरामीका आफन्तलाई भन्ने गरेका छन्, तर व्यवस्थापन कठिन छ । ब्लडबैंकमै रगत अभाव हुँदा उनीहरू रगतको खोजीमा भौतारिने गरेका छन् । कोरोना संक्रमणको डर, रक्तदातालाई घरबाहिर निस्कन समस्या तथा समूहमा रगत संकलन नभएपछि रगतको अभाव भएको हो ।
अनुरोधमा जुटे अभियन्ता
धरानमा रक्तदान रोकिएको र ब्लड बैंकहरुमा रगतको अभाव भएपछि धरान ब्लड बैंकले अनुरोध पनि गरेको छ ।
बैंककै अनुरोधमा धरानस्थित रोटरी क्लब अफ धरानले रक्तदान कार्यक्रम आयोजना गरेको छ । जसमा ३२ पिन्ट रगत संकलन भएको अध्यक्ष रविन श्रेष्ठले बताए ।
सोमबार, धरान–१८ स्थित बुद्धचौकमा सम्पन्न रक्तदानमा ३२ पिन्ट रगत संकलन भएको हो । ‘धरान व्लड बैंकमा रगतको अभाव भएकाले व्लड बैकको अनुरोधमा रक्तदान कार्यक्रमको आयोजना गरेका हौं’, अध्यक्ष श्रेष्ठले थपे, ‘सबैजना अहिले लकडाउनका कारण घरभित्र छन्, रक्तदानका कार्यक्रमहरू पनि कतै भएको छैन, यस्तो अवस्थामा रगतको निरन्तर व्यवस्थापन गर्नु हाम्रो लागि चुनौतीपूर्ण विषय बनेको छ तर पनि रक्तदान कार्यक्रम आयोजना गरेका छौं ।’
रक्तदान भइरहेकै अवस्थामा ताजा रगतको अवाश्यकता पर्ने बिरामीहरुका लागि र अन्य बिरामीहरुका लागि विभिन्न ग्रुपको करिब ७ पिन्ट रगत व्लड बैैक मार्फत प्रदान गरिएको सुरेन्द्र स्थापितले बताए । कार्यक्रम रोटरियन शिवानन्द शाहको संयोजकत्वमा कार्यक्रम भएको हो ।
सरकारले अस्पतालहरुको ओपिडी सेवा बन्द गरेपछि सुत्केरी र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च देखिएको छ । यस्तै नियमित उपचार गराइरहेका जटिल प्रकृतिका बिरामीहरु पनि बढी समस्यामा परेका छन् ।

प्रकाशित मिति: जेष्ठ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend