Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नविल बैंकले ल्यायो घरमै बसेर खाता खोल्न सकिने, आकर्षित ब्याजको नयाँ योजना

हाम्रो कोशी आवाज
जेष्ठ २८ २०७७, बुधबार
धरानमा नविल बैंकले ल्यायो घरमै बसेर खाता खोल्न सकिने, आकर्षित ब्याजको नयाँ योजना

धरानः स्वस्थ्य एवम सुरक्षित कारोबार गर्नका लागि अब बैंकहरु पनि नयाँ योजना ल्याउने होडबाजीमा आएका छन् । यसैगरी नविल बैंकले कोभिड १९ महामारीको समयमा आफनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गरि विद्युतीय प्रणालीबाट कारोबार गरिने ‘नविल जेनएन एकाउन्ट’ सन्चालनमा ल्याएको छ ।
बैंकले ल्याएको उक्त योजनाका बारेमा एक विज्ञप्ति समेत प्रकाशित गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘यस बैंकले विश्वव्यापी रुपमा फैलिएको ‘नविल जेनएन एकाउन्ट’ ग्राहक महानुभावमाझ सहज तथा सरल बैंकिङको अनुभुति गराउने उद्देश्यले घरमै बसेर खाता खोल्न सकिने, आकर्षित ब्याजसहितको सुविधा सम्पन्न बचत खाता हो । यसमा थुप्रै प्रवबधिमैत्री सेवाहरु जस्तै मोवाईल बैंकिङ, भाइबर बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, एनटिसी, एनसिएल, दुई जिवी डाटा प्याक निःशुल्क जारी गरिएको छ ।
हाम्रो समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेकोले तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राखी ग्राहकको लागि स्वास्थ्य बीमा पनि निःशुल्क गरेको छ । बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने जनाएको छ ।
सन् १९८४ देखि आफ्ना सम्माननीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भुमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोशेढुंगाको रुपमा काम गर्दै आएको बैंकको दाबी समेत रहेको छ ।

प्रकाशित मिति: जेष्ठ २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend