धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् ३० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बिहीबार ३० जनामा पिरिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । घर फर्किने सबै झापाका जिल्लाको रहेको उनले जानकारी दिए ।
वीपीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका उनीहरू घर फर्किसकेका छन् । १८ देखि ४५ वर्ष उमेर समूहका पुरुष डिस्चार्ज भएको उनले जानकारी दिए । यसअघि प्रतिष्ठानबाटै २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।