Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको होटल गजुरले विवाहलाई अविस्मरणीय बनाइदिने !

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०७७, शनिबार
धरानको होटल गजुरले विवाहलाई अविस्मरणीय बनाइदिने !

धरानः धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन (वेडिङ प्लान) गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ ।
करिब एक साताअघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरिएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन् । ‘गजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।’ उनले भनिन्, ‘हामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणीय बनाउनका लागि पूर्णरूपले लागि पर्नेछौ ।’
विवाहको लागि अहिले चारवटा क्याटोगरी रहेको झाले बताइन् । ‘हाल हामीले रोयल, क्लासिक रोयल, प्राइम र प्राइम प्लस गरी चार क्याटोगरीको विवाहको प्लान गरेका छौ ।’ उनले भनिन, ‘क्लासिक रोयलमा आवश्यकता अनुसार घोडा लगायतको सुविधा दिइनेछ । यस्तै, प्राइम प्लसमा हरेक समुदायको संस्कृति अनुसारको विधीहरू प्लस गरिनेछ । रोयल राजकिय तरीकाको र प्राइममा विवाहका लागि चाहिने आधारभुत सेवा प्रदान हुनेछ ।’ विवाह घरमा वा बाहिर देशभर जहाँ गरेपनि सेवा उपलब्ध हुने उनले बताइन् ।
गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्टले वेडिङ, डेस्टिनेसन वेडिङ, इन्जेगमेन्ट, एनिभर्सरी, कर्पोरेट इभेन्ट, बेबी सावर, ब्रतबन्ध, गुन्युचोली, पास्नी, जन्मदिनको कार्यक्रम लगायतको सेवा दिइने होटल गजुर प्यालेसका संचालक गोपाल आचार्यले बताए ।

प्रकाशित मिति: जेष्ठ ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend