बिर्तामोडः अपरिचित ब्यक्तिलाई लिफ्ट दिँदा एक व्यक्ति लुटिएका छन् । झापा अर्जुनधारा–४ का एक व्यक्तिबाट डेढ लाख रुपैयाँ लुटिएको छ ।
साइकलमा सवार अर्जुनधारा–४ का आइत सुब्बा लुटिएका हुन् । १२ लाख बढी पैसा लिएर बैंकबाट निस्किएका उनी लुटिएका हुन् । उनलाई त्यतिका रकम निकालेर हिँडेपछि एक व्यक्तिले लिफ्ट मागेर डेढ लाख लुटेर लगेका थिए ।
उनको डेढ लाख रुपैयाँ लुटिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । लिफ्ट मागेर पैसा लुट्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेर शनिबार सार्वजनिक गरेको छ । प्रहरीले अर्जुनधारा– ११ का २४ वर्षीय मन्त चेम्जोङ र ३१ वर्षीय मनकुमार बुढाथोकीलाई पक्राउ गरेको हो ।
कसरी भयो घटना ?
३६ वर्षीय सुब्बा पैसा निकाल्न बैंक पुगेका थिए । उनले बैंकबाट नगद दुई लाख १२ हजार चार सय १८ रुपैयाँ निकाले र ब्यागमा राखे । त्यसलगत्तै घर हिँडेका आइतलाई नजिकै रहेका एक अपरिचित ब्यक्तिले आफू पनि घर हिँडेको र सँगै जाने बताएका थिए । उनले त्यसो भनेपछि उनले सहजै स्वीकारेर साइकलमा चढ्न दिए । ती ब्यक्तिले चिसो पेय पदार्थ खान आग्रह गर्छन् । लगत्तै दुवै जना चिसो खाने भन्दै गर्दा आइतकै मोबाइलबाट उनले साथीलाई चिसो ल्याउन आग्रह गर्छन् ।
ती ब्यक्तिको आग्रह लगत्तै अर्का अपरिचित ब्यक्ति मोरटसाइकलमा आइ पुग्छन् । उनले चिसो नजिकै रहेको र मोटरसाइकलमा ल्याउ प्रस्ताव गरे । दुवै जान मोटरसाइकलमा चढेर चिसो लिन गएपछि आइतले शंका लागेर ब्याग चेक गर्दा ब्यागमा रहेको एक लाख ५० हजार रुपैयाँ नगद चोर लगेको पत्ता पाए । लगत्तै उनी प्रहरी कार्यालय पुगेका थिए ।
बैंकको सीसी टिभी फुटेजको आधारमा प्रहरीले शंकास्पद स्थानमा निगरानी बढाएसँगै उनीहरू पक्राउ परेका हुन् । उनीहरुको साथबाट एक थान पल्सर बाइक, ९० हजार नगद, दुई थान मोवाइल फोन र एउटा सिम बरामद गरिएको रिजालले बताए ।