Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित ५७६०, प्रदेश १ मा ३४६

हाम्रो कोशी आवाज
जेष्ठ ३२ २०७७, आइतबार
नेपालमा संक्रमित ५७६०, प्रदेश १ मा ३४६

काठमाडौंः नेपालमा एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार एकै दिन ४२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ४२५ कोरोना संक्रमित थपिएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर गरिएको परीक्षणमा थप ४२५ जनामा कोरोना पुष्टि भएको बताए ।
पछिल्लो २४ घण्टामा ६ महिलासहित ६१ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको प्रवक्ता गौतमले बताए । तीमध्ये ३ सय ७५ जना पुरुष र ५० जना महिला छन् ।
संक्रमित कहाँका ?
स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका २५, सुनसरीका १, झापाका १, सप्तरीका १०, पर्साका १७, बाराका ९, सर्लाहीका ६, रौतहटका ७६, नवलपरासीका ४, बझाङका ५, डडेलधुराका २४, डोटीका ३, कैलालीका १२, कञ्चनपुरका २०, बर्दियाका ३, बाँकेका ३, रुकुमका १, प्युठानका २, दाङका ५४, धनुषाका १, रामेछापका २, गुल्मीका ८, रुपन्देहीका २६, पाल्पाका १७, सुर्खेतका ४०, दैलेखका २९ ,सिन्धुलीका १ र धादिङका २५ जना संक्रमित थपिएका हुन् ।
प्रदेश १ मा कति संक्रमित ?
प्रदेशभर गरी हालसम्म संक्रमितको संख्या ३ सय ४६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का विभिन्न जिल्लाका गरी अहिले १ सय ८२ संक्रमितलाई आइसोलेसनमा राखेर चिकित्सक एवं स्वास्थ्यकर्मीले हेरचाह गरिरहेका छन् ।
संक्रमितहरूलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा राखेर हेरचाह गर्ने गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ ३२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • वैज्ञानिकहरूको निष्कर्षः २०७२ को भूकम्पले पनि भोटेकोशी महाप्रलयको बित्यास

    धरानः नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिरुङमा गएको विनाशकारी बाढी र हिमपहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्...

    • १० घण्टा अगाडी
    • २ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend