Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुहबीका युवाले संवेदनशील अंग छुने हर्कत देखाएपछि…

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
दुहबीका युवाले संवेदनशील अंग छुने हर्कत देखाएपछि…

फोटोः गुगल ।

धरानः सुनसरीका एक पुरुषलाई पाँच महिला कामदारमाथि यौन दुव्र्यवहारको आरोप लागेको छ ।
सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज २४ वर्षका पवन शर्मा (जनगिर) लाई पक्राउ परेका छन् । रातको समयमा ड्युटीमा खटिने महिला कामदारको संवेदनशील अंग छुने, चलाउने गरेको आरोप उनीमाथि लागेपछि प्रहरीलाई उनलाई पक्राउ समेत गरेको छ ।
भारत राजस्थान घर भई दुहबी बस्दै आएका उनलाई प्रहरीले पक्राउ गरेको हो । प्लास्टिकका बोरा, त्रिपाललगायत सामग्री बनाउने काममा खटिने कर्मचारीलाई यस्तो हर्कत देखाएपछि उनलाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको हो ।
शर्माले महिला कामदारलाई संवेदनशील अंगमा छुने र शारीरिक सम्पर्कका लागि बारम्बार दबाब दिने गरेको ती महिला कर्मचारीले आरोप लगाएका थिए ।
प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले पक्राउ गरेको पुष्टि गरे । ‘उनी पक्राउ परेको सही हो, तर पीडितको उजुरी नपरेपछि उनी छुटे ।’ उनले भने । पक्राउ परेको केही घण्टापछि नै उनी छुटेका थिए ।
पाँचजना महिला कामदारको मौखिक उजुरीपछि पक्राउ गरेर ल्याए पनि लिखित जाहेरी दरखास्त नआएपछि छाडिएको इलाका प्रहरी कार्यालय कार्यालय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले जानकारी दिए । उद्योग सञ्चालकले दुव्र्यवहार गरेको उजुरी दिए कामदारलाई निकाल्ने चेतावनीपछि महिलापछि हटेको स्रोत बताउँछ ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend