Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुन महंगिएपछि किन्नेभन्दा बेच्ने बढी

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
सुन महंगिएपछि किन्नेभन्दा बेच्ने बढी

धरानः नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरू बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती जारी गरी सबै ग्राहकको सुनको फिर्ता बिक्री गर्न आएमा बजारले धान्न नसक्ने स्पष्ट पारेको हो ।
कोरोनाको कारण अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्राको अवमूल्यन भएको तथा सुनमा लाग्दै आएको भन्सार राजश्व वृद्धि भएका कारण सुनको मूल्य बढेको उल्लेख गर्दै महासंघले ग्राहकहरुलाई धैर्यधारण गर्न आहवान गरेको छ । साथै सरकारलाई नीतिगत निर्णय गरी व्यवसायीहरुलाइ सहयोग गर्न आग्रह समेत गरेको छ ।
। आज सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ८९ हजार ६ सयले कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ । त्यसैगरि चाँदीको मूल्य आज तोला ९२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।लकडाउन खुल्नेबित्तिकै उच्च मूल्यवृद्धि भएपछि यतिबेला सुनको फिर्ता बिक्री बढ्न थालेको हो । तर बिक्री भने यतिबेला ठप्पप्राय छ ।
सामान्यतया सुन किन्ने व्यक्तिले किनेकै पसलमा सुन बेच्न लगेमा त्यस्तो सुन किनिदिने गरेका थिए । तर भीड बढ्न थालेसँगै महासंघले यो अवस्था नरहेको जनाएको हो ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमै थन्कियो ११ करोड बढी मूल्यको काठ

    -अर्जुन आचार्य धरानः कोशी प्रदेशका सरकारी तथा सामुदायिक वनहरूमा काठ दाउराको उत्पादन वर्षौंदेखिको औसतभन्दा निकै माथि पुगेर ऐतिहासिक रेकर्ड बनाइरहँदा वन पैदावार बिक्री भने सोही...

    • २ दिन अगाडी
    • १० मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend