Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मावली गएकी बालिकाको चटयाङले मृत्यु

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
मावली गएकी बालिकाको चटयाङले मृत्यु

भोजपुरः भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिका–३ मा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।
टेम्केमैयुङ गाँउपालिका–१ सुम्लीखाका अन्दाजी १० वर्षीया कृतिका राउतको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ । मामली घर आएकी बालिकालाई आइतबार साँझ भीषण वर्षासँगै परेको चट्याङ लागेको थियो ।
चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रहरी निरीक्षक भाष्कर खतिवडाले बताए । आज उनका अभिभावक आएपछि कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाइने खतिवडाले बताए । मनसुन सुरु भएसँगै वर्षा हुन थालेको छ । यससँगै हावाहुरी र चट्याङले गत साता मात्रै चार जनाको ज्यान गएको छ ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend