सुनसरीः सुनसरीको विभिन्न स्थानबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
जल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ र बर्जु गाउँपालिका–३ बाट १–१ जना गरी दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
भोक्राहा नरसिंह गाउँपालिकाबाट सोही गाउँपालिका–८ का शिवशंकर मेहेतालाई अवैध लागूऔषधहरु डाईलेक्स डि.सि.२१ बोतल, स्पास्मोप्रोक्सिभन १४१ क्याप्सुल र नाइट्रोसन ३७ ट्याबलेट सहित पक्राउ गरेको हो ।
यसैगरी बर्जु गाउँपालिकाबाट विराटनगर महानगरपालिका–१६ का सन्तोष मण्डललाई अबैध लागूऔषध डाईलेक्स डि.सि.५९ बोतल, स्पास्मोप्रोक्सिभन २८८ क्याप्सुल र नाइट्राभेट १० लेखिएको ६०० क्याप्सुल सहित पक्राउ गरिएको हो । लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।