Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङमा धमाधम रङ्गशाला निर्माण

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
ताप्लेजुङमा धमाधम रङ्गशाला निर्माण

ताप्लेजुङ: ताप्लेजुङको फुङ्लिङ नगरपालिका १ तारेबुङमा रङ्गशाला निर्माण कार्य तीब्र गतिमा अगाडि बढिरहेको छ ।
नेपाल सरकारको योजना प्रत्येक स्थानीय तह कवर्डहल तथा रङ्गशालाको निर्माण अवधारणअनुरुप आर्थिक वर्ष ७४–७५ प्रदेश ७५ लाख प्रदेश सरकारको बजेटबाट शुरु भएको रनिर्माण कार्य यस आर्थिक वर्षमा ६० लाख प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।
यस आर्थिक वर्षको बजेटको १५ प्रतिशत कार्य सम्पन्न् भएको निर्माण फुङलिङ रङ्गशाला खेलमैदान उपभोक्ता समितिका अध्यक्ष सुवास घिसिङले बताए । अहिले दैनिक ३५ जना जनशक्ति परिचालन भइरहेको छ । ३६ रोपनीको क्षेत्रफलमा निर्माण भइरहेको रङ्गशाला लम्बाई १६५ मिटर र चौडाई ११५ मिटरको हुने फुङलिङ रङ्गशाला खेलमैदान उपभोत्ता समितिका सचिव रमेश घिमिरेले बताए ।
कुल निर्माण कार्यको अनुमानित ५० प्रतिश कार्य सम्पन्न भएको अध्यक्ष घिसिङले बताए । सदरमुकाम देखि तीन किलोमिटर पर्ने तारेपुङमा बस्तीमा रङ्गशाला निर्माण भएकोमा स्थानीय निकै उत्साहित भएको छ । रङ्गशाला निर्माणको लागि १३ रोपनी जग्गा समेत निःशुल्क उपल्ध गएको अध्यक्ष घिसिङले बताए । रङ्गशाला निर्माण गर्ने क्रममा तीन घर विस्तावित भएका थिए भने अहिले उनिहरुलाई सुरक्षित जनता आवास अन्तर्गत निर्माण भएको घरमा पुनः स्थापित गरिएको अध्यक्ष घिसिङले बताए ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ९ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १३ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १६ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend