Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नुहाउँदा डुबेका राई मृत फेला

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
नुहाउँदा डुबेका राई मृत फेला

विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका(१० मा रहेको माछा पोखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका स्थानीय २० बर्षीय आकाश राई मृत फेला परेका छन् ।
आईतवार राती सवा ८ बजे साथीहरु संगै नुहाउन पोखरीमा पसेका राई डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै बेपत्ता युवकको खोजतलासमा खटिएको बिपद ब्यबस्थापन गुल्म चन्द्रगढी र शशस्त्र प्रहरी सहितको टोलीले आज बिहान ९ बजे राईलाई पोखरी भित्र मृत फेला पारेको हो । मृत अवस्थामा फेला पारे संगै कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल पठाईएको छ भने अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend