Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड बढी

हाम्रो कोशी आवाज
असार १ २०७७, सोमबार
प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड बढी

विराटनगरः प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गरेको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालुतर्फ र पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापन तर्फ ४ करोड रुपैयाँ रहेको छ । यस्तै, अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ ।
बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ । गत वर्ष प्रदेश सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
स्थानीय तहलाई समान अनुदान
देश एक सरकारले प्रत्येक स्थानीय तहलाई समान रुपमा अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।
मन्त्री आङ्बोल प्रदेश भित्रका स्थानीय तहहरुलाई समान रुपमा बजेट छुट्याएको बताए । प्रत्येक स्थानीय तहलाई वित्तीय समानीकरणको लागि ५० लाख र समपुरक अनुदान १ करोड उपलब्ध गराउने बताए । प्रत्येक स्थानीय तहहरुलाई तोकिएको रकम भन्दा नघट्ने गरी रकम उपलब्ध गराउने उनले बताए ।
कृषि र पशुपालनमा जोड
प्रदेश १ सरकारले कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख बजेट विनियोजन गरेको छ ।
कृषि तथा पशुपालनका लागि ३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
बजेट भाषणका क्रममा मन्त्री आङ्बोले पहाडी क्षेत्रलाई माटो सुधार, मुख्य खाद्यान्न वाली मकै, गहुँ, धानको उत्पादकत्व बढाउनका लागि उन्नत मल बिउको उत्पादन प्रवद्र्धन गरिने, कृषिमा व्यक्तिलाई अनुदान रकमलाई निरुत्साहित गर्दै समुदाय र सहकारीमा आधारित कृषि कार्यक्रमलाई प्राथमिकता दिने उल्लेख गरे ।
यस्तै प्रदेशलाई अग्यानिक बनाउन ९ करोड ८४ लाख बजेट छुट्याइएको छ भने धूलो दूध कारखानाका लागि १३ करोड, कृषि यान्त्रीकरणका लागि साना कृषि यन्त्रहरु उपलब्ध गराउन ६ करोड बजेट विनियोजन गरिएको छ ।
कोशी अस्पतालमा कोभिड अस्पताल
विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रलाई प्रदेश सरकारले सरुवा रोग र अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने भएको छ ।
त्यसका लागि आवश्यक औषधी र उपकरण खरिदका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यस्तै प्रदेश सरकारले धनकुटा प्रादेशिक अस्पतालको पनि स्तरउन्नति गर्ने र जिल्ला अस्पतालहरुलाई न्यूनतम ५० शैयाको र भेन्टिलेटरसहित स्तरउन्नती गर्ने, यस्तै २५ शैयाको अस्पताललाई स्मार्ट अस्पतालको रुपमा विकास गर्नका लागि १ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै मोरङको उर्लाबारीमा रहेको मंगबलारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टरको रुपमा विकास गर्न बजेट विनियोजन गरिएको बक्तव्यका क्रममा उल्लेख छ ।
धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ माग
प्रदेश सरकारले धरानदेखि धनकुटाको मुलघाटसम्म सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिने जनाएको छ ।

अन्य बजेट के मा ?
विपद् र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न आवश्यक औषधि र उपकरणको लागि स्रोत व्यवस्था गरिएको र त्यसको लागि ५० करोड व्यवस्थापन गरिएको छ ।
कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचार राहतका लागि गठित कोरोन जनसुरक्षा कोषमा पर्याप्त रकम विनियोजन गरिने भएको छ ।
प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्न सिटी स्क्यान, हेमोढाइलासिस सेवा र थप भेन्टिलेटरसहितको सुविधायुक्त सघन उपचार कक्ष सञ्चालनको व्यवस्था मिलाइएको र त्यसको लागि २३ करोड रकम विनियोजन गरिएको छ ।
हाल ५० शैथ्या सञ्चालित जिल्ला अस्पतालहरूमा प्रयोगशाला सुदृढिकरण, भेन्टिलेटरसहितको सघन कक्ष, अक्सिजन प्लान्ट सहितको गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ ।
२५ शैथ्यासम्मको अस्पतालहरुलाई स्मार्ट अस्पातलमा रुपान्तरण गर्न सूचना प्रविधिमा आधारित उपवचारको प्रबन्ध, अक्सिजन प्लान्ट जडान, फोहोरमैला निर्मलीकरणका लागि अक्टोक्लेप मेसिनको लागि शोधको प्रबन्ध मिलाइएको छ ।
प्रदेश नं १ का अस्पतालहरूका सुदुढीकरण र सेवा बिस्तारका लागि एक अर्ब १० करोड विनियोजन गरिएको छ ।
उदयपुरको कटहरी, झापाको दमक, सुनसरीको इटहरी अस्पतालको क्षमता अभिवृद्धि र सेवा विस्तारका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

प्रकाशित मिति: असार १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा सडकको डिभाइभरमा मोटरसाइकल ठोक्किँदा अनिल राईको मृत्यु

    धरानः इटहरीमा मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते बनेका छन् । पानी परिरहेको समयमा चिप्लिएर सडकको डिभाइडरमा...

    • ८ मिनेट अगाडी
    • १ मिनेट पाठ
  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १२ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १६ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १६ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १९ घण्टा अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend