Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ‘प्रहरी हुँ’ भन्दै व्यापारीसँग रकम असुल

हाम्रो कोशी आवाज
असार ३ २०७७, बुधबार
सुनसरीमा ‘प्रहरी हुँ’ भन्दै व्यापारीसँग रकम असुल

सुनसरीः सुनसरीमा प्रहरीको भेषमा प्रहरी हुँ भन्दै रकम असुल गरेको पाइएको छ ।
सादा पोशाकको प्रहरी हुँ भन्दै व्यापारीहरूसँग रकम असुली गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य बाहिरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई पक्राउ गरिसकेको छ । जिल्लाको हरिनगर गाउँपालिका–२ मा रहेका केही व्यापारीहरुलाई विभिन्न डर त्रास देखाइ गैर कानुनीरूपमा रकम असुली गरिरहेको भन्ने सूचना प्राप्त भएसँगै मङ्गलबार दिउँसो प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले हरिनगर गाउँपालिका–५ का २३ बर्षीय असरार अहमद मियाँलाई पक्राउ गरेको हो । यसरी प्रहरीको बदनाम गरी स्थानीय ब्यापारीहरूसँग गैर कानुनी तवरले रकम असुली गर्ने मियाँको सम्बन्धमा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत र प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार उनले रकम असुलेको भन्ने विषयमा विभिन्न व्यवसायीले फोनमा गुनासो गर्दै आएका थिए ।

प्रकाशित मिति: असार ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend