Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाँदर रुग्ने टहरोमा वेवारिसे पेस्तोल फेला

हाम्रो कोशी आवाज
असार ५ २०७७, शुक्रबार
बाँदर रुग्ने टहरोमा वेवारिसे पेस्तोल फेला

भोजपुरः भोजपुरको षडानन्द नगरपालिका–२ ताबुबाट बेवारिसे अवस्थामा एकथान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय दिङ्लाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सो स्थानमा रहेको बाँदर रुग्ने टहरोमा शंका लागि चेकजाँच गर्दा टहरोबाट एकथान कटुवा पेस्तोल, एकथान सकेट बम र २ थान डेटोनेटर बरामद गरेको हो ।
बरामद भएको सकेट बम नेपाली सेनासँग समन्वय गरी डिस्पोज गरिएको छ भने अन्य बरामद सामान सुरक्षित राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: असार ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend