Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ बाट आधा बढी कोरोना जितेर घर फर्किए

हाम्रो कोशी आवाज
असार ६ २०७७, शनिबार
प्रदेश १ बाट आधा बढी कोरोना जितेर घर फर्किए

विराटनगरः प्रदेश नं १ बाट कोरोना (कोभिड–१९) संक्रमित निको भई घर फर्केका छन् ।
कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई घर फर्केनहरुमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् ।
निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार महिलासहित १० जना छन् । निजहरुलाई गत जेठ २१ देखि २५ गतेसम्म अस्पतालमा उपचारका लागि भर्ना गरिएको उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उराँवले जानकारी दिए । प्रदेशमा कोभिडबाट संक्रमितको संख्या अहिलेसम्म ४२२ रहेको छ भने निको भई घर फर्कनेको संख्या २३४ पुगेको छ ।
विराटनगर, मोरङको सुन्दरहरैचा र धरानमा अहिले १८८ जना कोभिड–१९ बाट संक्रमितको उपचार भइरहेको छ । यसरी उपचारहुनेमा कोशी कोभिड उपचार केन्द्रमा विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टर सुन्दरहरैचा मोरङमा ८५ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना छन् ।
यसैगरी शुक्रबार दुईजना कोभिड–१९ बाट संक्रमित हुनेमा झापाको दमक र मोरङको बूढीगंगाका एक–एक जना छन् भने उनीहरुलाई उपचारका लागि विराटनगर ल्याइएको छ ।

प्रकाशित मिति: असार ६ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend