Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङका किसानले जैतुन खेती थाले

हाम्रो कोशी आवाज
असार ७ २०७७, आइतबार
ताप्लेजुङका किसानले जैतुन खेती थाले

ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिकाका किसानले पहिलो पटक जैतुन खेती परीक्षण शुरू गरेका छन् ।
राम्रो बजार मूल्य पाउने र धेरै उपयोगी तेलको रूपमा चिनिँदै आएको जैतुन खेती फुङलिङ नगरपालिका–२ तारिबुङ र वडा नं. ३ मेदिबुङका किसानले परीक्षण लागि खेती शुरू गरेका हुन् ।
जैतुनको खेतीबाट राम्रो आम्दानी गरेको देखेर ताप्लेजुङका केही किसानले पहिलोपल्ट खेती गर्न लागेको हो । फुङलिङ नगरपालिका–२ तारिबुङका सुवास घिसिङ, वडा नं. ३ का देवराज पालुङ्वा, दयाराम घिमिरेसहित चारजना किसानले खेती शुरू गरेका हुन् ।
बाग्लुङ जिल्लाबाट नेपाली जैतुनको बिरुवा ल्याएर एक वर्ष अघिदेखि खेती शुरू गरेको तारिबुङका किसान घिसिङले जानकारी दिए । बाग्लुङबाट प्रति विरुवा आठ सयको दरले एक सय विरुवा खरिद गरी ल्याएर ताप्लेजुङमा परीक्षण खेती शुरू गरेको घिसिङले बताए । अन्य तीनजना किसानले पनि एक सय विरुवा ल्याएर खेती शुरू गरेका छन् ।
एक हजार ५०० देखि दुई हजार बढीको उचाइसम्ममा खेती गर्न सकिने भएकाले आपूmहरूले लगाएको जैतुन खेती फस्टाउनेमा विश्वस्त रहेकोसमेत उनीहरूको भनाइ छ । जैतुनको विरुवा रोपेको तीन वर्षदेखि फल लाग्ने र यसको तेल विभिन्न औषधिमा प्रयोग हुने घिसिङले बताए ।
जैतुनबाट उत्पादित तेल प्रति लिटर तीन हजारदेखि चार हजार रूपैयाँसम्ममा बिक्री हुने भएकोले ताप्लेजुङमा खेती परीक्षण सफल भयो भने एउटा राम्रो आम्दानीको स्रोत बन्न सक्ने घिसिङले बताए ।

प्रकाशित मिति: असार ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend