Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीको कोशी गाउँपालिकाबाट भारतीय नागरिक लागूऔषधसहित पक्राउ

हाम्रो कोशी आवाज
असार ७ २०७७, आइतबार
सुनसरीको कोशी गाउँपालिकाबाट भारतीय नागरिक लागूऔषधसहित पक्राउ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित भित्री सडक खण्डबाट दुई भारतिय नागरिक लागूऔषध सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत सुपौल ग्राम पन्चायत–१ का २० वर्षीय लक्ष्मणकुमार पासवान र सोही स्थानका १९ वर्षीय अर्जुनकुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई उनीहरूको शरीर खानतलासी गर्दा कालो प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा ८ ग्राम ५८० मिलिग्राम लागूऔषध ब्राउनसुगर, भारतिय रुपैयाँ १२५०, र भारतका विभिन्न बैंकका एटिएम कार्ड समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असार ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend