सुनसरीः सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट दुईजनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र–७ पिपलगाछीका २१ वर्षीय अनिल धामी र धरान–१७ का २२ वर्षीय विशाल भुजेल रहेका छन । मोटरसाइकलमा सवार गरी आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट डियाजाल्याब ११, एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिस ११ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो । साथै उनीहरु सवार गरी आएको १ थान पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उता झापाको कमल गाउँपपालिका–५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोइन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा झापा खयरवारीका २१ वर्षीय सेरा अली सोही स्थानका २३ वर्षीय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका–५ का २० वर्षीय दिपेश थापा रहेका छन । उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा सवार गरी आएका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम लागुऔषध खैरोहिरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । साथै निजहरुको साथबाट नगद ६ हजार रुपैया ,२ थान मोबाईल र उनिहरु सवार गरी आएको दुई वटा पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
