Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ का विद्यालयमा राईभित्रका मातृभाषाको शैक्षिक पठनपाठन हुने

हाम्रो कोशी आवाज
असार ८ २०७७, सोमबार
प्रदेश १ का विद्यालयमा राईभित्रका मातृभाषाको शैक्षिक पठनपाठन हुने

धरानः प्रदेश १ का विद्यालयमा राईभित्रका मातृभाषाको शैक्षिक पठनपाठन हुने भएको छ ।
किरात राई यायोक्खाले आगामी वर्षदेखि प्रदेश १ का विद्यालयहरूमा किरात राई भित्रका मातृभाषाहरूको शैक्षिक पठनपाठन गराउन पहल थाल्ने भएको हो ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले किरात राई समुदायभित्र बोलिने विभिन्न मातृभाषाहरूको संरक्षण र विकासको लागि हरेक विद्यालय तहमा आगामी वर्षबाट मातृभाषा शिक्षाको थालनी गर्न तीव्ररूपमा पहलकदमी चाल्ने बताए । उनले प्रदेश १ का विद्यालयहरूमा मातृभाषा शिक्षाको पठनपाठन गर्नका लागि स्थानीय तहका जनप्रतिनिधिहरूसँग मातृभाषा शिक्षासम्बन्धी अन्तर संवाद पनि गरिसकेको बताए ।
उनका अनुसार मुल रुपमा सोलुखुम्बु जिल्लामा खालिङ, थुलुङ, नाछिरिङ, सोताङ र कुलुङ भाषाको शिक्षा सञ्चालन गरिने छ । ओखलढुंगामा बाहिङ, वाम्बुले र जेरुङ भाषाको शिक्षा दिइनेछ । त्यस्तैगरी खोटाङमा चाम्लिङ, कोयी, साम्पाङ, दुमी, तिलुङ, वाम्बुले र पुमा भाषा, भोजपुरमा बान्तावा, दुङ्माली, कुलुङ र बुङ्लावा भाषा र धनकुटामा आठ्पहरिया, बान्तावा, छिन्ताङ, छिलिङ, मुगाली, फाङ्दुवाली र बेलहारा भाषाको पठनपाठन गरिने छ । त्यस्तैगरी संखुवासभामा याम्फु, लोहोरुङ, मेवाहाङ र कुलुङ भाषाबाट शिक्षा दिइने छ । आधारभूत तथा नि:शुल्क शिक्षा ऐन, २०७५ ले मातृभाषामा दिइने शिक्षाको व्यवस्था उल्लेख छ । ‘मातृभाषी शिक्षा’ भन्नाले नेपालमा बोलिने नेपाली समुदायको कुनै मातृभाषाका माध्यमबाट दिइने शिक्षा सम्झनुपर्छ र सो शब्दले मातृभाषामा आधारित बहुभाषिक शिक्षालाई समेत जनाउँछ,’ दफा २८ (१) मा भनिएको छ, ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायका नागरिकलाई आफ्नो मातृभाषामा आधारभूत तह वा माध्यमिक तहसम्मको शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ ।’

प्रकाशित मिति: असार ८ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend