सांकेतिक फोटो गुगलबाट
विराटनगरः उदयपुरको बेलका–२ घर भई विराटनगर-३ मा डेरा गरी बस्ने २४ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा प्रेमी पक्राउ परेका छन् ।
मोरङ प्रहरीले आत्महत्या गराउन बाध्य बनाएको आरोपमा प्रेमी सुन्दरहरैंचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीलाई पक्राउ गरेको हो । श्वेताले अर्काे केटासँग बिहे गर्ने तयारी गरेको थाहा पाएपछि सविनले श्वेतासँग बिताएका विगतका तस्वीर सार्वजनिक गरेका कारण आत्महत्याको बाटो रोजेको परिवारको आरोप छ ।
कस्तो थियो घटना ?
इन्गेजमेन्टको अघिल्लो दिन श्वेताले आत्महत्या गरेकी थिइन् । प्रेमीले फोटो र म्यासेज फैलाएपछि स्वेताले आत्महत्याको बाटो रोजेको आफन्तको दावी छ । सोमबार इन्गेजमेन्टको तयारी विराटनगरमा भइरहेको थियो । २४ वर्षीया श्वेता पोखरेलले आइतबार साँझ झुण्डिएर आत्महत्या गरिन् ।
उनको आत्महत्या नभएर आत्महत्या दुरुत्साहन भएको भन्दै परिवारले किटानी जाहेरी दिएपछि घटनाको भित्री पाटो बाहिर आएको हो । मृतककी बहिनी सरिता पोखरेलको जाहेरीका आधारमा आत्महत्या दुरूत्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा–१० का सविनलाई पक्राउ गरेको हो ।
विराटनगर–३ मा कोठा भाडामा लिएर बस्दै आएकी उनी त्यही काम गर्दै महेन्द्र मोरङ बहुमुखी क्याम्पस विराटनगरमा अध्ययनरत थिइन् । त्यसैबेला बाबुआमाको सहमति अनुसार विराटनगर–३ का २८ वर्षीय युवकसँग उनको विवाहको टुंगो लागिसकेको थियो । श्वेता तीन वर्षदेखि सविनसँग प्रेम सम्बन्धमा थिइन् ।
विवाह गर्नका लागि उनले आफ्ना प्रेमीसँग बारम्बार आग्रह र अनुरोध गरिन् । सविन पनि श्वेता पढ्ने कलेजमै पढ्थिन् । तर, श्वेतासँगै जीवन बिताउने लक्ष्य नराखेका सविनले उनीसँग तत्काल विवाहको सहमति दिन सकेनन् । त्यसपछि श्वेताले परिवारसँगको सल्लाहकै आधारमा दोस्रो केटासँग मागि विवाह गर्ने निचोड निकालिन् र सोमबार फूलमाला र असार १४ गते विवाह बन्धनमा बाँधिने निर्णयमा दुवै परिवार पुग्यो ।
त्यसपछि, पूर्वप्रेमीले यो विषय थाहा पाए । उनले श्वेताको विवाह भाँड्ने निष्कर्षका लागि पुराना आफूसँगै बिताएका तस्वीरहरू बाँड्न थाले । श्वेताको विवाह हुँदै गरेको घरसम्म बहिनी नातामा पर्ने युवतीबाट फोटो पुग्यो ।
विवाह तय गरेको दोस्रो केटाले समेत श्वेतालाई भनेका थिए–तिम्रो पहिलो प्रेमीसँग यतिधेरै माया साटिइसकेको रहेछ, अब विवाह नगरौं । त्यसले श्वेतालाई आत्महत्या गर्नुपर्ने निर्णयमा पुग्नु बाहेक विकल्प रहेन । कारण सविन बनेपछि उनले आइतबार साँझ ६ बजे अन्तिम बाटो रोज्न बाध्य भईन् ।
मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले परिवारले दिइएको जाहेरीका आधारमा आरोपित पराजुलीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए । मृतक श्वेताकी बहिनी सरिता पोखरेलले दिइएको जाहेरीमा सविनसँगको प्रेम सम्बन्ध, प्रेम सम्बन्ध विवाहमाा बाँधिन नसकेपछि दोस्रो विवाह तय र त्यसपछि पुनः सविनले दिइएको दबावको विषयमा उल्लेख गरेकी छिन् ।
