Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बजेट: आकार घटेर आयो

हाम्रो कोशी आवाज
असार १० २०७७, बुधबार
धरानको बजेट: आकार घटेर आयो

धरानः धरान उपमहानगरपालिकाले एक अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । यो सातौ अधिवेशनद्वारा चौथो बजेट आएको हो । आव ०७७–०७८ को लागि बजेट आएको हो । उपमेयर मञ्जु भण्डारी सुवेदीद्वारा प्रस्तुत बजेट वक्तव्यमा बजेट घटेको देखाइएको हो । यो बजेट चालु आवको भन्दा करिब ५ करोड नै कम हो । चालु आवमा १ अर्ब ७७ करोड ९१ लाखको बजेट थियो ।
आयतर्फ ५३ करोड ४२ लाख ४३ हजार ५ सय, संघीय अनुदानतर्फ ३० करोड ७६ लाख, प्रदेश समानीकरण अनुदानबाट ९५ लाख ३५ हजार आय अनुमान गरिएको छ भने संघीय राजश्व बाँडफाडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४ र प्रदेश राजश्व बाँडफाडबाट १७ करोड ३ लाख ८० हजार आय अनुमान गरिएको छ ।
यस्तै, सङ्घीय समपुरक अनुदानबाट ३ करोड ३३ लाख, सङ्घीय विशेष अनुदानबाट १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड, खानेपानी व्यवस्थापन बोर्डबाट १ करोड अनुमान गरिएको छ भने सडक बोर्डबाट १ करोड २० लाख, जनसहभागिताबाट १ करोड ५० लाख गरी जम्मा १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको अनुमानित आय प्रस्तुत गरिएको छ ।
यस्तै, व्यय अर्थात प्रशासनिक खर्चतर्फ ३२ करोड ८१ लाख ६८ हजार ५ सय र वडागत प्रशासनिक खर्चतर्फ २ करोड र कार्यक्रम तथा पुँजीगत खर्च २० करोड गरी जम्मा २२ करोड विनियोजन गरिएको छ भने क्रममागत भुक्तानीतर्फ २२ करोड ५५ लाख, नगर गौरव योजनातर्फ ४ करोड ५० लाख, अन्य विषयगत कार्यक्रम शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सूचना, वन आदिमा ९१ करोड ४८ लाख ७५ हजार विनियोजन गरिएको छ ।
यस्तो छ क्षेत्रगत बजेट
वडागत बजेटतर्फ २२ करोड, शहरी योजनामा ३५ करोड ४५ लाख, शिक्षा, युवा तथा खेलकुदतर्फ ३७ करोड ७५ लाख, स्वास्थ्यतर्फ ५ करोड ३८ लाख, सामाजिक विकासतर्फ, २ करोड २ लाख, आर्थिक विकासतर्फ १ करोड ९० लाख, वन, वातावरण तथा विपदतर्फ १ करोड ३८ लाख, पर्यटनतर्फ १ करोड ५५ लाख, सुचना तथा सन्चारको विकासका लागि ३० लाख, साहित्य, कला, संस्कृतितर्फ ३० लाख, अव्यवस्थित बसोबास तथा सुकुम्बासी व्यवस्थापन ५० लाख, मजदुर कल्याण कार्यक्रम ५ लाख, न्या सम्पादनका लागि २५ लाख, सार्वजनिक जग्गा संरक्षणका लागि ५० लाख, विमानस्थलको जग्गा व्यवस्थापन ८० लाख, राजश्व सुधारतर्फ ४० लाख, नगर पञेफाइल जिएमआइएम अपडेट ५० लाख, अन्य कार्यक्रमतर्फ ू८ करोड १० लाख ७५ हजार, मेयर कोषतर्फ ८० लाख, मर्मततर्फ ५० लाख आकस्मिक कोषमा ३० लाख गरी जम्मा २ बजेट विनियोजन भएको छ ।
यस्तै, समपुरक कोष ४ करोड, कोभिड १९ लगायत महामारी नियन्त्रणका लागि दुई करोड विनियोजन भएको छ । यसपटक जनपञ्तिनिधिको भत्ता कटौती गरिएको छ । मासिक दुई हजारका दरले भत्ता काटिने बजेट बक्तव्यमा जनाइएको छ ।
फोटोः लक्ष्मण थापा

प्रकाशित मिति: असार १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend