Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ र कालो बङ्गुरलाई व्यवसायिकरणमा जोडिने

हाम्रो कोशी आवाज
असार १० २०७७, बुधबार
धरानमा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ र कालो बङ्गुरलाई व्यवसायिकरणमा जोडिने

धरानः धरानको नीति तथा कार्यक्रम तथा कार्यक्रम पनि सार्वजनिक गरिएको छ ।
आव ०७७–७८ को नीति कार्यक्रममा ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङको व्यवस्था गरिने जनाइएको छ । नीति तथा बजेट तर्जुमा समितिकी संयोजक समेत रहेकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा जनाइएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘आदिवासी जनजातिहरूको पुस्तैनीकला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिनेछ । यसको लागि सरोकाराला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिनेछ ।’
यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बङ्गुरलाई व्यवसायिकरण गरी धरानको आर्थिक समृद्धिसँग जोडिने कार्यक्रम लागू गरिने पनि जनाइएको छ ।
नीति तथा कार्यक्रममा अर्को कुरा पनि समेटिएको छ– बङ्गुरपार्क निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी आवश्यक व्यवस्था मिलाइनेछ । धरानको बङ्गुरले अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पनि कोसेलीका रूपमा मात्रै पाएको छैन, धरान नामको बङ्गुरले मनोवैज्ञानिक शासन समेत गर्दै आएको छ ।
धरानको ब्राण्डले काठमाडौं, पोखरामा बढी चर्चा कमाएको छ । पोखरामा धराने सेकुवा प्रख्यात छ भने काठमाडौंका गल्ली गल्लीमा धराने कालो बङ्गुर भनेर लेखिएको समेत पाइन्छ ।

प्रकाशित मिति: असार १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend