Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा करको दर पुनरावलोकन गरिने

हाम्रो कोशी आवाज
असार १० २०७७, बुधबार
धरानमा करको दर पुनरावलोकन गरिने

धरानः धरान उपमहानगरपालिकाको आव ०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
नीति तथा कार्यक्रममा धरानको खानेपानी समस्यादेखि करको दर पुनरवलोकन गर्ने राजश्व नीति अवलम्वन गरिएको जनाइएको छ । मेयर तिलक राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवं प्रदेश एकका सभामुख प्रदीप भण्डारी, प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ पनि रहेका थिए ।
उपमहानगरले आगामी साउन १ गतेबाट खानेपानी संस्थान र आयोजना दुवै संरचनालाई खानेपानी व्यवस्थापन बोर्डमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ । असार मसान्तभित्र बोर्डमा ल्याइने र दुवै संरचनालाई एकीकरण गरेर साउन १ गतेदेखि खोनपानी व्यवस्थापनको सम्पूर्ण कार्य बोर्डमार्फत् उपमहानगरले सञ्चालन गर्ने जनाएको छ ।
नीति तथा कार्यक्रममा भनिएको छ–खानेपानी बोर्डले नगरबासीको खानेपानीको आवश्यकता अनुसार थप निर्माणका कार्यहरू अगाडि बढाउँदै लाने नै छ । सबै प्रकारका नीतिगत निर्णय भइसकेका विषयलाई मध्यनजर गरी विगतको नगर सभाबाट ०७६ मंसिर ७ गतेको बैठकबाट संस्थानका कर्मचारीहरूको दायित्व बोर्डमा आइसकेको सन्दर्भमा अब खानेपानी संस्थान धरान शाखाका कर्मचारीहरूमध्ये बोर्डमा आउन चाहनेलाई आषाढ मसान्तभित्र बोर्डमा हाजिर गराई बाँकी रहेका दुवै संरचनालाई एकीकरण गरी २०७७ साउन १ गतेदेखि खानेपानी व्यवस्थापनका सम्पूर्ण कार्यहरू खानेपानी बोर्डमार्फत सञ्चालन गरिनेछ ।
नीति तथा कार्यक्रममा करको दर पुनरावलोकन गर्नुपर्ने धराने जनताको असिम चाहनालाई सम्बोधन गर्दै करको दरमा पुनरावलोकन गर्ने राजश्व नीति अवलम्वन गरिएको जनाइएको छ । आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, पर्यटन, खेलकुद, यातायात, होटल व्यवसाय, व्यापार लगायतका सबै क्षेत्रमा कोरोनाका असर देखिएको र राहत पुग्ने गरी स्वरोजगार व्यवसायी, मजदुरलाई स्वावलम्वी बनाउन र सम्मान गर्ने गरी करको नीति तयार गर्दै दायरा फराकिलो गरिने गरी बजेट तर्जुमा गरिएको जनाइएको छ । यस्तै, नीति तथा कार्यक्रममा कोरोनाको असरको कारण परेको असरबाट राहत उपलब्ध गराउन ३ महिनाको राजश्व छुटको व्यवस्था पनि मिलाउने घोषणा गरिएको जनाइएको छ ।
यस्तै, सर्दु जलाधार क्षेत्रको अतिक्रममित जमिनको सन्दर्भमा नेपाल सरकारले मन्त्रीपरिषदबाट निर्णय भई रोक्का भइसकेकोले लगतकट्टाको कार्य तत्काल सम्पन्न गरी जलाधार संरक्षण गर्न सङघीय सरकारसँग पहल गर्ने पनि उपमहानगरले घोषणा गरेको छ ।
यस्तै, धरानमा हुने अनियमितता, ढिलासुस्ती निर्मुल र भञ्ष्टाचारमा शुन्य सहनशीलताको नीति अघि सारिएको जनाइएको छ भने नगरबासीसामु गरिएका पञ्तिबद्धता, घोषणापत्र र स्थानीय सरकारका यसअघि र अब गरिने गुरुयोजना तर्जुमा र मार्ग निर्देशन हुने जनाइएको छ ।
नीति तथा कार्यक्रममा शिक्षालाई पहिलो पञथमिकतामा राखिएको छ । यसअन्तर्गत युवा तथा खेलकुद, लैंगिक समानता, सामाजिक समावेशिकरण, आदिवासी जनजाति, महिला बालबालिका समेटिएको छ । यस्तै, स्वास्थ्य नीतिमा धरानको पुरानो अस्पतालमा अस्पताल स्थापनादेखि बीपी पञ्तिष्ठानलाई धरानको पहिचान बनाउँदै पञ्तिष्ठानसँग समवयन गरेर उपचारको व्यवस्था, स्वस्थ नगरको लागि स्वथ नागरिक कार्यक्रम सन्चालन गरिने जनाइएको छ । नीति तथा कार्यक्रममा आर्थिक, उद्योग, पर्यटन, खानेपानी सरसफाइ, पुर्वाधार विकासमा पनि जोड दिइएको छ ।

प्रकाशित मिति: असार १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend