Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तागेरा निङवाफु जाने बाटोमा फलफूल रोपियो

हाम्रो कोशी आवाज
असार ११ २०७७, बिहिबार
तागेरा निङवाफु जाने बाटोमा फलफूल रोपियो

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ साँघ गाउँमा लिम्बूहरूको धार्मिक तथा ऐतिहसिक तागेरा निङवाफु ओडार (गुफा) मा दर्शन गने जानेहरूको भक्तजनहरूको लागि फलफूल रोपिएको छ ।
तागेरा संरक्षण समितिको पहलमा विभिन्न किसिमका फलफूल रोपिएको हो । कागती ५० बोट, केरा २० बोट, चिउँरी २५ बोट, तेज पत्ता ४० बाटो, बाँस २५ बोटो मज्यूर पङ्खी ५० बोट र अन्य विरुवा समेत रोपिएको स्थानीय कुशल फेम्बूले जानकारी दिए ।
तागेर निङवाफु गुफामा आउने दर्शनार्थीहरूलाई प्रसादको रूपमा फलफूल प्रदान गर्नको लागि तागेर निङवाफु गुफा जाने बाटोको छेउछेउमा विभिन्न फलफूल रोपेको तागेरा संरक्षण समितिका अध्यक्ष गेदरजुङ ताम्मादेन जानकारी दिए ।
तागेरा निनिङवाफु गुफा एक पुरातात्विक तथा ऐतिहासिक गुफा हो । परापूर्वकालदेखि नै स्थानीयहरूले पूजा पाट गर्दै आएको भएपनि अहिलेसम्ममा गुफाको खोज तथा अनुसन्धान हुन नसकेको फक्ताङलुङ दर्पण पत्रिकाका सम्पादक जितेन चेम्जोङले बताउँछन् । अहिले गुफाको नजिकै मन्दिर निर्माण गरी १६ औं राष्ट्रिय महागुरु फागुनन्दको सालिक राखिएको छ । आन्तरिक तथा बाह््रय पर्यटन प्रवद्र्धन गर्नको लागि फलफूल रोपेको अध्यक्ष ताम्मादेनले जानकारी दिए ।

प्रकाशित मिति: असार ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend