Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सिरिजंघा गाउँपालिकाको नीति तथा कार्यक्रम

हाम्रो कोशी आवाज
असार ११ २०७७, बिहिबार
सिरिजंघा गाउँपालिकाको नीति तथा कार्यक्रम

ताप्लेजुङः सिरिजंघा गाउँपालिकाको नीति तथा कार्यक्रममा रोजगारी सृजना, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर बजेट प्रस्तु गरेको छ ।
स्थानीयस्तरमा रोजगारी सिर्जना गरी गरिबी न्युनीकरण गर्ने उद्देश्यले ‘अध्यक्ष रोजगार कार्यक्रम’ सञ्चालनमा ल्याइने भएको छ । यस कार्यक्रमअन्र्तगत गाउँपालिका क्षेत्रभित्र जनसहभागिता परिचालनमार्फत् सञ्चालन गरिने आयोजनाको लागत अनुमान तयारीकै बखत कम्तीमा ५० प्रतिशत स्थानीय श्रम मात्र प्रयोग हुने गरी आयोजनाको लागत अनुमान तयारी गर्ने व्यवस्था मिलाइने छ ।
जसले रोजगारीको अवसर प्रदान गरी गरिबी न्युनिकरणमा ठूलो मद्दत पुग्ने गाउँपालिकाको विश्वास छ । यस्तै, कृषि उपजमा गाउँपालिकालाई आत्मनिर्भर बनाउँन र कृषकको आयआर्जनमा वृद्धि गर्न सिरिजंघाको सान, उद्यमशिल किसान नामक कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । यसका लागि पालिकाभित्रका सबै टोलमा त्यहाँको भूगोल, हावापानी पहिचान गरि सुहाउँदो कृषिजन्य उत्पादनमा जोड दिइने छ भने ति उत्पादनको बजारीकरणका लागि पालिकाको केन्द्र तेल्लोकस्थित हेलिप्याडमा प्रत्येक हप्ता कृषि बजारको आयोजना गर्ने वातावरण मिलाइने छ ।
यस्तै पालिकाभित्र पर्र्ने कन्चनजंघा पालिकाको गौरवको क्षेत्रको रुपमा स्थापित गरिएको र यस हिमशिखरको पर्यटन रोयल्टी बाँडफाँड बापत प्राप्त हुने सम्पूर्ण रकम गाउँपालिकालाई उपलब्ध गराइदिन नेपाल सरकारलाई अनुरोध तथा जोडदार माग गरिने भएको छ ।
कोभिड १९ का कारण वैदेशिक रोजगारबाट फर्किएकालाई लक्षित गरी स्थानीयस्तरमा नै उद्यमशील गराउन गाउँमै रोजगार, गर्वको आधार नामक कार्यक्रम बनाइ प्रत्येक वडामा ५ लाख रुपैयाँका दरले ८ वटै वडामा ४० लाख रुपैयाँ बराबरको रकम वडास्तरमै रकम विनियोजन गरिने छ ।
यस्तै, निःशुल्क शिक्षा, हामी सबैको इच्छा नामक अभियानको थालनी समेत गरिने गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमअन्र्तगत पालिकाभित्र पर्ने हरेक सामुदायिक विद्यालयमा कक्षा–११ र १२ मा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने र पठनपाठनको नाममा शुल्क लिने विद्यालयलाई कारबाहीको दायरामा ल्याइने छ । स्थानीय लिम्बू समुदायको भाषा संरक्षणका लागि इच्छुक विद्यार्थीलाई लक्षित गरि स्वीकृत कार्यविधि बमोजिम प्रत्येक वडाभित्रका सामुदायिक विद्यालयमार्फत् भाषा र लिपी संरक्षण गर्ने कार्यक्रमलाई समावेश गरिने भएको छ ।
कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि प्रत्येक वडामा ९ लाखका दरले ७२ लाख वडास्तरमै विनियोजन समेत हुने भएको छ । यस्तै मैले तिरेको कर गाउँपालिकाको भर अभियान समेत कार्यान्वयनमा ल्याइने छ भने यस अभियानमार्फत् सबै भन्दा बढी करदातालाई सम्मान गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यालयको काम अह्राएर मात्र होइन, मन पराएर पनि गर्ने संस्कारको विकास गरिने छ । यसका लागि उत्कृष्ट र रचनात्मक कार्यसम्पादन गर्ने कार्यालय मातहत, वडाका साथै सामुदायिक विद्यालयका कर्मचारीलाई छनौट गरी एकजना सर्वोत्कृष्ट र दुईजना उत्कृष्टलाई सम्मान गरिने छ । सूचनाको हकलाई मध्यनजर गर्दै हरेक वडाको आ–आफ्नै वेवसाइट निर्माण गरी वडाका गतिविधि सो मार्फत् सार्वजानिक गर्ने बातावरण बनाइने भएको छ ।
पालिकाभित्रका कक्षा–१२ वा सो भन्दा माथिल्लो शैक्षिक योग्यता हासिल गरेका इच्छुक युवाहरूलाई लक्षित गरी पत्रकारिता सम्बन्धी आधारभूत तालिम समेत दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । पालिकाले पारित गरेका नीति तथा कार्यक्रमले पालिकाभित्रको समग्र विकासमा योगदान दिने विश्वास गर्दै यसको प्रभावकारी कार्यान्वयन र पारदर्शितामा ध्यान दिन सरोकारवाला सबै पक्षलाई पालिका अध्यक्ष गुरुङले आग्रह गरे ।
यसैबीच गाउँपालिकाको आगामी उद्देश्य र प्राथमिकतालाई सम्बोधन गर्दै आर्थिक वर्ष २०७७–७८ का लागि ४३ करोड ६५ लाख बराबरको बजेट समेत प्रस्तुत गरिएको छ । पालिकाले आर्थिक वर्ष २०७७–७८ का लागि तय गरेको बजेट, नीति तथा कार्यक्रमले पालिकाभित्रका नागरिकको जीवनस्तर उकास्न साथै समग्र विकासमा सहयोग पुग्ने देखिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरेको भनाई छ ।

प्रकाशित मिति: असार ११ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend