Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फक्ताङलुङ गाउँपालिकाद्वारा कृषिमा प्रोत्साहन र अनुदानै अनुदान

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
फक्ताङलुङ गाउँपालिकाद्वारा कृषिमा प्रोत्साहन र अनुदानै अनुदान

ताप्लेजुङः फक्ताङलुङ गाउँपालिकाले कृषि क्षेत्रको आधुनिक तथा नव प्रविधिकबाट उद्यमशीलता तथा रोजगारी रोजगारी सिर्जन गरी उत्पादनमूलक कृषिमा प्रोत्साहन र अनुदान नै अनुदानको नीति तथा कार्यक्रम अगाडी सरेको छ ।
कृषि उद्यमशीलतामार्फत् रोजगारी सिर्जना गर्दै कृषिजन्य वस्तुको उत्पादन बढाइ कृषकको आर्थिक आयआर्जनमा वृद्धि गर्न कृषिमा विशेष प्रोत्साहन र अनुदानको व्यवस्था गर्ने भएको छ । गाउँपालिकालाई कृषि पकेट क्षेत्ररूकारूपमा विकास गर्दै मैरी, च्याउ र मौसमी तथा बेमौसमी तरकारी उत्दपादनमा वृद्धि गर्ने भएको छ । ठाउँ र मौसमअनुसारको हिउँदे फलफूल व्यवसाय गर्ने कृषकलाई विशेष अनुदानमा विरुवामा उपलब्ध गराइने भएको छ ।
पशु कृषकहरूलाई अनुदानमा आवश्यक सामाग्री उपलब्ध गराइने र तरकारी खेतीलाई व्यवसायीकरणमा जोड दिने तथा तरकारी पकेट क्षेत्रको विस्तार गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । प्रत्येक वडामा नमूना कृषि फर्महरू विस्तार गरी उत्पादनमा वृद्धि गर्ने, पशु फर्म तथा बाख्रा, भेडा, कुखुरा फर्ममार्फत् उद्यमशील बन्न जाहने युवाहरूलाई आवश्यक सामाग्री तथा विशेष अनुदान उपलब्ध गर्ने भएको छ ।
पर्यटन
प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा पर्यटकीय गन्तव्यहरूको पहिचान गरी संरक्षण सम्वद्र्धन तथा भौतिक संरचनाहरू निर्माण गरी प्रचारप्रसारमा जोड दिने भएको छ । फक्ताङलुङ गाउँपालिकाभित्र पर्यटकीय क्षेत्र तथा मनोरञ्जनात्मक क्षेत्रमा लगानी गर्न चाहनेलाई प्रोत्साहन गर्ने भएको छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend