Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दायित्व नर्बिसिने धराने !

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
दायित्व नर्बिसिने धराने !

धरानः धरानको कुरा गर्ने हो भने सडकको किनार मोटरसाइकलजस्ता साधनले भरिएको छ । मानिसको भीडभाड छ । धरानका अधिकांश कार्यालयमा सामाजिक दुरी अपनाइएको छैन ।
कोरोना दिनदिनै फैलिरहेपनि धरानमा सामाजिक दुरीको पालना छैन । समयमा कर नतिरे जरिवानामा परिएला भन्ने डरले धेरै सेवाग्राहीहरू त्यहाँ पुगेको भेटियो । ‘सबैलाई हतार हुन्छ के गर्नु’, धरान–१६ स्थित पानीको बिल तिर्न आइपुगेका एक सेवाग्राही भने, ‘यस्तो भीड हुन्छ भन्ने थाहा पाएको भए त आउने पनि थिइनँ, तर के गर्नु फाइन हान्छ भन्ने टेन्सन, बल्ल बल्ल पानीको बिल तिरिसकें ।’
अधिकांश कार्यालयमा भीडभाड विश्व स्वास्थ्य सङ्गठनले भनेको न्युनतम् सामाजिक दूरी त के, कसैलाई नछोइ भित्र पस्न मुस्किल पर्ने अवस्थाको हुने गरेको छ ।
धरान–१६ स्थित खानेपानीकै कर्मचारी भन्छन्, ‘शुरूमा लाइन लगाएर पनि राख्न खोजियो तर सेवाग्राही आफै ठेलमठेल गर्दै पस्न थालेपछि साथै सेवाग्राही नै बाझ्न थालेपछि सम्हाल्न नसकिने भो भनेर छोडिदियौं ।’
लगाउनेले मास्क लगाएकै छन्, चिउँडोमै भएपनि मास्क अधिकांशले झुन्ड्याएका छन् तर दूरी कसैले कायम गरेका छैनन् । तर, बाहिर त भद्रगोल छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यो त सेवाग्राहीहरु आफैं सचेत नभएका कारण हो ।’
कोरोना भाइरसको सङ्क्रमणको दर न्यून गर्नका लागि २ मिटरको सामाजिक दूरी उपयुक्त उपाय भएको विश्व स्वास्थ्य संगठनलेसमेत सुझाव दिइरहेको छ ।
चैत ११ गतेदेखि देशमा लकडाउन सुरु भयो । मानिसहरू घरमा थिए । तर जब लकडाउन स्थान अनुसार खुकुलो हुँदै गयो, सामाजिक दूरीको ख्याल नै नगरी मानिसहरू ह्वारह्वार्ती बजार निस्कन थाले, कार्यालय पुग्न थाले । सामाजिक दूरीको त कुरै छाडौं मास्कसमेत लगाउन छाडे । कसैलाई कोरोना भएको रहेछ भने अरूलाई सर्न पनि सक्छ । ‘यो त सबैलाई थाहा भएकै कुरा हो’, धरान–१६ का पूर्ण राईले भने, ‘तर पनि हेलचेक्र्याइँचाहिँ छ नै हेलचेक्र्याइँ गर्न हुँदैन तर पनि यस्तो मास देख्दा धराने जनता आफ्नो दायित्वचाहिँ बिर्सदा रहेनछन् भन्ने बुझौं न ।’

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend