Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फक्ताङलुङ गाउँपालिकाका सबै विद्यालयमा स्थानीय भाषा पढाइ हुने

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
फक्ताङलुङ गाउँपालिकाका सबै विद्यालयमा स्थानीय भाषा पढाइ हुने

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले सातौ गाउँसभाले फक्ताङलुङ गाउँपालिकाको सबै सामुदायिक विद्यालयहरूमा स्थानीय भाषा अध्ययन अध्यापन गर्ने जनाएको छ ।
गाउँ सभाले नै सो पारित गरेको छ । फक्ताङलुङ गाउँपालिकामा यसअघि ३३ विद्यालयमा स्थानीय भाषा अध्ययन अध्यापन हुँदै आएको थियो भने थप ७ विद्यालय गरी ४० विद्यालयमा स्थानीय भाषा शिक्षक नियुक्त गरी स्थानीय भाषा लिम्बू, शेर्पा र राई अध्ययन थालिने भएको छ ।
बाल शिक्षा सहजकर्ताहरुलाई बालमनोविज्ञान तालिमको व्यवस्था मिलाइ बालमनोवैज्ञानिक विधिबाट प्रभावकारी बाल प्रविधिमैत्री शिक्षण गर्ने भएको छ । प्रत्येक विद्यालयमा कम्प्युटर तालिम प्राप्त शिक्षकको व्यवस्था गरि सूचना, प्रविधिमैत्री शिक्षणमा जोडदिने भएको छ ।
विद्यालयको शिक्षण सिकाइ गुणस्तर सुधार गर्न र शिक्षकहरुको मनोबल बढाउन आधारभुत विद्यालयहरूको प्रधानाध्यपकहरूलाई मासिक एक हजार रूपैयाँले प्रोत्साहन प्रदान गर्ने भएको छ । आधारभुत विद्यालयभन्दा माथिका प्रधानाध्यपकहरूलाई मासिक रु १५ सयको दरले प्रोत्साहन भत्ता प्रदान गरिने भएको छ । त्यस्तै, लेखा कार्यालय सहयोगीलाई मासिक एक हजारको दरले प्रोत्साहन भत्ता दिइने भएको छ । बाल शिक्षा सहजकर्ताहरूलाई भने मासिक २ हजारको दरले प्रोत्साहन भत्ता दिइने भएको छ ।
किशोरीवस्थामा आउने शारिरिक परिर्वतन तथा विभिन्न समस्याको कारणले विद्यालय उपस्थितिमा पर्ने समस्था समधान गर्न साथै सबै किसिमको समस्या समधानको साथै स्वस्थ्य परार्मश सेवाको लागि सबै विद्यायलको एक कोठामा स्वस्थ्य डेस्क स्थापना गरिने भएको छ । कक्षा ९ देखि माथिका विद्यार्थीहरूलाई निशुल्क सेनिटरी प्याड प्रदान गने भएको छ ।
लामो समय कोरोना भाइरसको कारण शिक्षणमा नकारात्मक असर परेकोले शिक्षण सिकाईमा सुधार ल्याउन सार्वजनिक विदाको दिन र विहान बेलिकी कोचिङ कक्षा सन्चालन गरिने भएको छ ।

 

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend