विराटनगरः विराटनगर घर आएका श्रीमान–श्रीमतीमा कोरोना देखिएको छ ।
विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका अनुसार संक्रमण पुष्टि भएका जोडी महानगरपालिका ६ का बासिन्दा हुन् ।
संक्रमित पुष्टि भएका ३१ वर्षीय श्रीमान् र २१ वर्षीया श्रीमती गत असार ४ गते बिहीबार जोगबनी नाका हुँदै विराटनगर आएका हुन् । उनीहरु दुवै जनाको शुक्रबार पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । पुष्टि भएका दुवै जनालाई कोभिड १९ उपचार केन्द्र पठाउने तयारी भइरहेको महानगरले जनाएको छ ।
क्वारेन्टाइनमा रहेका दुवै जनाको स्वाब संकलन गरी ७ गते कोशी अस्पतालमा पीसीआर परिक्षणका लागि पठाइएको थियो । उनीहरुको स्वाब संकलन गरी परीक्षणमा पठाएको ६ दिनपछि रिपोर्ट आएको हो ।