Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गाउँमै प्रसुति गराए १० हजार

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
गाउँमै प्रसुति गराए १० हजार

ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको वर्थिङ सेन्टरमा गएर प्रसुति गराउँदा दश हजार फक्ताङलुङ गाउँपालिकाले दिने पालिकाको सातौं गाउँसभाले निर्णय पारित गरेको छ ।
नेपालकै भौगोलिक हिसाबले ठुलो गाउँपालिकाको रूपमा रहेको फक्ताङलुङ गाउँपालिकाभित्र वडा नम्बर ७ ओलाङचुङगोला, याङ वडा नम्बर ६ घुन्सा, फलेल ग्याप्ला नागरिक गर्भवती भएर पालिकाले बनाएको वर्थिङ सेन्टरमा गएर निःशुल्क प्रसुति गराएमा पालिकाले १० हजार रूपैयाँ दिने भएको छ । अन्य वडाहरु सावदेन, लिङखिम, खेजिनेम, इखाबु, तापेथोक र लेलेपका केही स्थानहरू साँघु, फेम्बु, लेलेप, लुङथुङ सेकाथुम नागरिकले भने ७ हजार प्रदान गरिने बजेटमा व्यवस्था गरिएको छ ।
प्राथमिक उपचारको लागि आवश्यक नमुना स्वास्थ्य परीक्षण गर्नका लागि एक प्रयोगशाला स्थापना गर्ने भएको छ । ग्रामीणस्तरका महिला प्रसुतिको लागि स्वास्थ्यको जोखिमलाई मध्यनजर गर्दै घुम्ती भिडियो एक्सरे सेवा सन्चालन गर्ने भएको छ । स्वास्थ्य पोषणमा जोड दिने साथै आवश्यक स्वस्थ्य इकाई वडा नं. १ मालबासे वडा नः २ मामाङखे र वडा नः ४ खानी गरी ३ वटा सामुदायिक स्वास्थ्य इकाई स्थापना गने नीति तथा कायक्रममा समावेश गरिएको छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend