Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिक्वाखोला गाउँपालिकामा अध्यक्ष कृषि आयोजना सञ्चालन हुने

हाम्रो कोशी आवाज
असार १२ २०७७, शुक्रबार
मिक्वाखोला गाउँपालिकामा अध्यक्ष कृषि आयोजना सञ्चालन हुने

ताप्लेजुङः मिक्वाखोला गाउँपालिको सातौं गाउँ सभाले अध्यक्ष कृषि आयोजना संञ्चालन गर्ने नीति तथा कार्यक्रम पहिलो प्राथमिता दिएको छ ।
अध्यक्ष कृषि आयोजना मिक्वाखोला गाउँपालिकाको स्थानीय गौरवको आयोजनाको रुपमा सञ्चालन गरिने भएको छ । मिक्वाखोला गाउँपालिका मुख्य आर्थिक स्रोत तथा रोजगारी अवसर प्रदान गर्ने भएको छ । यो आयोजना बहुआयामिक बहुवर्षे आयोजनाको रुपमा संञ्चालन हुने छ । यस आयोजना अन्तर्गत समुदायको मागमा कार्यक्रम सन्चालन हुने गरी रु १५ लाख विनियोजन गरिने छ ।
बैराखुदेखि किलिङसम्म माथिल्लो भेगमा ‘१ घर १० ककखर’ कार्यक्रम मार्फत कम्तिमा ५०० परिवारलाई दाँते ककखरको कलमी विरुवा प्रदान गरिने भएको छ ।
थुम्मा देखि खान्दाङसम्म तल्लो भेगमा ‘१ घर २० घ्यूफल’ को उन्नत विरुवा उपलब्ध गराइनेछ । थुम्मादेखि खान्दाङसम्म तल्लो भेगमा ‘१ घर १०० भुइँकटर’ कार्यक्रममार्फत कम्तीमा २५० घर परिवारलाई विरुवा उपलब्ध गराइनेछ । हरेक वडामा कम्तीमा एक एक वटा टर्कीपालन र बाख्रापालन फार्महरु सञ्चालन गरिनेछ । त्यस्ता फार्महरु सञ्चालन गर्नका लागि उन्नत नश्लहरू अनुदानमा उपलब्ध गराइनेछ ।
माथिल्लो भेगलाई आलुखेतीको पकेट क्षेत्र घोषणा गरी आलु खेती प्रवद्र्धन गरिनेछ । बेसार अदुवा र लसुन जस्ता कृषिउपजहरुको उत्पादन वृद्धि गर्न विशेष अभियान चलाइनेछ । व्यावसायिक ट्राउट र असला माछा पालन तथा सिताके च्याउ खेती प्रवद्र्धन गरिनेछ । अनुदान वितरण गर्दा एक घर एक अनुदानको नीति लागू गरिनेछ, अनुदानमा विरुवा प्राप्त गर्ने कृषकले बिरुवाको उचित स्याहार नगरेमा अर्को वर्षको अनुदान कार्यक्रमबाट बञ्चित हुने छ ।

प्रकाशित मिति: असार १२ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend