Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानेद्वारा विश्रान्तिका वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण

हाम्रो कोशी आवाज
असार १३ २०७७, शनिबार
धरानेद्वारा विश्रान्तिका वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण

धनकुटाः विश्रान्ति वृद्धाआश्रम धनकुटामा निःशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ ।
तमोर नदीस्थित विश्रान्ति वृद्धाआश्रम, धनकुटामा निशुल्क स्वास्थ्य शिविर तथा खाद्यान्न वितरण कार्यक्रम आयोजना भएको हो ।
लायन्स क्लब अफ हेल्दी नेसन धरान र लायन्स क्लब अफ दन्तकालीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । शिविरमा ५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण र रगत संकलन समेत गरिएको थियो । संकलित रगत धरानस्थित बिर्तामोड डाइगोनोस्टिक सेन्टरमा जाँच गरिने लायन्स क्लब अफ हेल्दी नेसनका महासचिव नरेन्द्र देवले बताए ।
रगतको परिक्षण र रोगको पहिचान पछि आवश्यकता अनुसार उपचार गरिने युवा अभियन्ता डाक्टर देवराज घिमिरेले बताए । लायन्स क्लबले देशको विभिन्न क्षेत्रमा सामाजिक कार्य सञ्चालन गरिरहेको जानकारी गराउँदै धरानमा आफूहरूले सक्रियता देखाउँदै आएको लायन्स क्लब अफ दन्तकालीका सरस्वती सुवालले बताइन् ।

प्रकाशित मिति: असार १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend